महोत्तरी । हेल्पीङ हेन्ड फोर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले महोत्तरीमा मानवीय सहयोगमा सक्रियता देखाएको छ ।
कार्तिक १९ गते महोत्तरीको पिपरा गाउँपालिका वडा नं.२, अलिपट्टी गाउँमा दुई वटा मदर्शामा खानेपानी मेसिन जडान गरी हस्तानान्तरण गरेको छ । मर्कज दावते इस्लामिया फइजाने मदिना मदर्शामा ‘बायो सेन्ड फिल्ट्रेशन प्लान्टʼ जडान गरी हस्तानान्तरण गरेको छ । मदर्शाका अध्यक्ष मौलाना सहादतका अनुसार करिव २५० जना विद्यार्थी रहेको यस मदर्शामा स्वक्ष खानेपानीको अभाव रहँदै आएको थियो । सोही अभावलाई मध्यनजर गर्दै हेल्पीङ हेण्ड÷हेल्पीङ हार्ट नेपालका जिल्ला शम्सुद्दीन राईनलाई मदर्शाले खानेपानी व्यवस्थापन गराई दिनको लागि प्रस्ताव गरेको थियो ।




त्यस्तै अलिपट्टीमा रहेको उलुम कदरिया मिसबाहुल मुसलमिनमा पनि एचएचआरडीले ‘बायो सेन्ड फिल्ट्रेशन प्लान्टʼ सहयोग गरेको छ । मदर्शामा खानेपानीको आवश्यकतालाई हेर्दै त्यहाँका प्रिन्सपल मोहम्मद अब्बास साफीले एचएचआरडीसँग सहयोग मागेको थियो ।
अमेरिकी अंतराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ), एचएचआरडी का महोत्तरी जिल्ला संयोजक शम्सुदिन राइनका अनुसार मदर्शामा जडान गरिएको खाने पानी प्लान्टबाट विद्यार्थी र समुदायलाई स्वच्छ खानेपनी उपल्ब्ध गराउनु उनको मिशन रहेको छ । एचएचआरडीले यस्ता वाटर प्लान्टहरु महोत्तरीका अन्य स्कूल र मदर्शाहरुमा जडान गर्ने प्रतिबद्धता राइनले गरे ।
एचएचआरडीले दुवै मदर्शाका विद्यार्थीहरुका लागि हाइजिन किट समेत उपल्ब्ध गरायो ।

एचएचआरडीद्वारा लोहरपट्टीमा अनाथलाई सहयोगः
यही कार्तिक १ गते हेल्पीङ हेण्ड, एचएचआरडीले महोत्तरीको लोहरपट्टी नगरपालिकामा … १०० जना अनाथ बालबालिकालाई खाद्यान्न सामग्री र नगद सहयोग गरेको छ । एचएचआरडील बिगत केही वर्षदेखि महोत्तरीमा गरिब तथा अनाथ बालबालिकालाई पढ्न र खान अभाव नहोस त्यसको लागि वर्षको चार पटक आवश्यक खाद्यान्न सामग्री सहयोग गर्दै आएको छ ।

कार्तिक १ गते एचएचआरडी अमेरिकाको प्रमुख कार्यकारी अधिकारी सैयद खालिद मोसिम लोहरपट्टीको भ्रमरपुरामा १०० जना अनाथ बच्चालाई सहयोग गर्दै भने, “हरेक बालबालिकालाई अर्को छाकको चिन्ता नगरी हुर्कने, सिक्ने र सपना देख्ने अवसर पाउनुपर्ने अधिकार हुन्छ ।

एचएचआरडीको खाद्य सहयोगले बालबालिकाको आधारभूत खाद्य आवश्यकता पूरा गर्न उनीहरुको दैनिक जीवनमा सहजता ल्याउन र उनीहरुलाई आफ्नो शिक्षा तथा भविष्यका आकांक्षाहरुमा अझ बढी ध्यान केन्द्रित गर्न मदत पुर्याउनेछ ।ʼ

हेल्पीङ् हेण्ड र हेल्पीङ हार्ट नेपालसँग आबद्ध डा.अहमद रजा र शम्सुदिन राइनले महोत्तरीका बिभिन्न गाउँका अनाथ बच्चाहरुलाई उच्च शिक्षा आर्जनमा पनि सहयोग गर्दै आएका छन् ।

यस संस्थाका फिल्ड अफिसर राजकिशोर ठाकुरका अनुसार एचएचआरडी र हेल्पीङ हार्ट नेपालले गर्ने आर्थिक सहयोग बालबालिकाको अभिवावक्त्व लिएको व्यक्तिको खातामा जाने गर्छ भने उनीहरुले पाउने खाद्यन्न पनि सार्वजकि रुपमा बितरण गर्ने गरिन्छ ।





