दिवेश कुमार महतो /ढल्केबर
नेकपा एस धनुषा जिल्ला उपाध्यक्ष सोम प्रसाद शर्माको नेतृत्वमा मिथिला नगरपालिकाका दर्जनौ नेता तथा कार्यकर्ताहरु नेकपा एमाले मा प्रवेश गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय ललितपुरको बालकुमारी मा नेकपा एमाले का केन्द्रिय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा का नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै पार्टी प्रवेश गराएका हुन।

नेकपा एमालेका स्थायी समिति का केन्द्रिय सचिव रघुवीर महासेठ र समाजसेवी राजाराम महतो संयुक्त पहलमा, नेकपा एकिकृत समाजवादी पार्टी धनुषा जिल्ला उपाध्यक्ष सोम प्रसाद शर्मा लगायत नेकपा एस का नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन्।

केहि दिन अघि धनुषाको ढल्केबरमा पत्रकार सम्मेलन गर्दै शर्माले नेकपा एसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिएँ।
शर्माले जुन उद्देश्यले पार्टी गठन भयो त्यस हिसावले नचल्ने देखेर साथै अवसरका लागि मात्र पार्टी र पार्टीका नेतृत्व प्रयोग भइरहेको देखेर पार्टीमा भविष्य नहुने भएकाले परित्याग गरेको र एमाले मै फर्किएको बताए।

यसरी चुनावको मुखमा नेकपा एसको धनुषा जिल्लामा राम्रो पकड भएका तथा सामुदायिक वन उपभोक्ता समूह मधेस प्रदेश अध्यक्ष समेत रहेका नेता शर्मा सहितका टिमले पार्टीको परित्याग गर्दा नेकपा एस धनुषालाई ठूलो झड्का लागेको छ।




