धर्मेन्द्रकुमार यादव /सोनमा(महोत्तरी)
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ स्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय मगरथानाका छात्रछात्राहरुलाई पोशाक वितरण गरिएको छ।
सोनमा गाउँँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले बिद्यालयमा अध्यनरत कक्षा १ देखि कक्षा ५ सम्म छात्रबृती स्वरुप बिद्यालय पोशाक बितरण गरेका हुन् । बिद्यालयमा ४९१ बिधार्थी अध्यनरत छन् ।
अध्यक्ष यादवले छात्रवृति वितरण गर्दै पालिका भित्रका सवै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गराउनु आफ्नो मुख्य कर्तव्य रहेको बताए । उनले शिक्षकहरुलाई शिक्षामा गुणस्तर बढाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
अध्यक्ष यादवले शिक्षाको गुणस्तर कमजोर भए विद्यार्थीले भोली दिनमा कुनै प्रतियोगिताहरुमा सफल हुन नसक्ने भएको हुँदा आधारभुत स्तरबाट नै विद्यार्थीहरुलाई गुणस्तर युक्त शिक्षा प्रदान गरिनु पर्ने बताए ।
उनले शिक्षकहरुलाई राजनीति हैन विद्यार्थीहरुको हकहितको लागि गुणस्तरयुक्त अध्यापन गराउन निर्देशन दिए ।
त्यसै कार्यक्रममा वोल्दै उपाध्यक्ष जहिदा खातुन भने विद्यालयमा शिक्षकको परिपुर्ति, दुई कोठे भवन र स्टोर भवन, खाने पानी पाईप र शौचालय छिटोभन्दा छिटो निर्माण गर्नलाई गाउँपालिकाले योजना राखेको बताईन् ।
सो अवसरमा विद्यालयले गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव र उपाध्यक्ष जहिदा खातुनलाई सम्मान समेत गरेको थियो।