
महोत्तरी - मधेस राष्ट्रिय परिषद (TMNC)ले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पारित गराउनको लागी माईतिघरमा दवाब मुलक कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिनिधि सभा बाट दोस्रो पटक बिधेयक पारित भई राष्ट्रिय सभामा पेश भएको छ। सो विधेयकलाई राष्ट्रिय सभा बाट पारित गरि रास्ट्रपति बाट प्रमानिकरण गरि कानुनको रुपमा लागू गराउन को लागि तराई मधेस राष्ट्रिय परिषद (TMNC)ले दबाबमूलक कार्यक्रम सम्पन्न गरेको हो।
नागरिकता को नाममा राजनीति बन्द गर्न ,नागरिकता संग जोडेर मधेसी जनतालाई बदनाम न गर्न ,नागरिकहरुलाई नागरिकता विहिन न बनाउन ,संविधानमा उल्लेखित नागरिकता अधिकार व्यहवारीकरण गर्न लगायतको माग सहित उक्त दवाबमुलक कार्यक्रम गरिएको हो ।