रौतहट। रौतहटमा मङ्गरबार बिहान चट्याङ लागेर तीन महिलाको ज्यान गएको छ । गरुडा नगरपालिका- ३ मलाहिटोलमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर ३ जना महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
चट्याङ् लागेर मलाही टोलका ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेशकुमार सिंहले जानकारी दिएका छन् ।



एउटै घरका २ जनासहित टोलका ३ जना महिलाको ज्यान गएपछि मलाहिटोल शोकमा डुबेको छ ।




