जनकपुरधाम- धनुषाको केहि गाउँमा वर्षौ पुरानो कुलो जीणर्ाद्धार गरिएपछि किसानलाई सिंचाईको समस्या समाधान भएको छ।
वर्षौं पुरानो कुलो जीणर्ोद्धार गरेपछि अहिले किसानले सिँचाइको समस्या भोग्नुपरेको छैन। जनकपुरधाम उपमहानगरपालिका को सक्रियतामा ३० वर्ष पछि बिग्घी नदीमा बाँध बाँधेर पराम्पारिक कुलोको जीणर्ाद्धार गरिएपछि अहिले केहि गाउँमा सिंचाईको समस्या हटेको छ।
पर्याप्त वर्षा नहुँदा सबैले खेतमा रोपाई गर्न समेत नसकेको बेला कुलो जीणर्ाद्धार पछि खेतमा पुगेको सिंचाईले जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था, लक्ष्मीनिया गाउँपालिका-२ का दोहर, सिनुरजोडा र महोत्तरीको लोहारपट्टी नगरपालिकाको तपनपुर, महदैया र बसपिटी लगायत गाउँको खेतमा लगाईएको धान लहलाउँदो भएको छ।
जनकपुर २१ कुर्थाका किसान चित्रनारायण साहले भने, ‘दोहरदेखि कुर्थासम्म र दोहरभन्दा तलदेखि महोत्तरीको तपनपुर- महदैयासम्म कुलो खनिएको छ । पारम्परिक कुलोको जीणर्ाद्धार गरेर खनिएको कुलोबाट यहाँ खेत खेतमा पानी पुगेको छ।’
आकाशे पानीको भरमा खेती गर्ने यहाँका किसानलाई यस वर्ष समयमा मल खाध नपाउनुको साथै लामो समय सम्म पानी नपर्दा खडेरीको समस्या बल्झिने भएपछि उपमहानगर र किसानको सक्रियामा सिँचाइ सम्भव भएको स्थानीयले बताए।
कुलो जीणर्ाद्धार पछि अहिले ८ किलोमिटर लामो कुलोबाट दोहरको १ सय बिघा, सिनुरजोडाको ५ सय, तपनपुरको ५ सय, महदैयाको ५ सय, कुर्थाको १ हजार ३ सय र बिसपिटीको ५ सय बिघ गरी कुल ३ हजार ६ सय बिघामा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
जनकपुरधाम-२१ कुर्थाका वडाध्यक्ष राजनारायण साहले आफू सानो हुँदा गाउँमा तीन बाली फलेको बाबु बाजेले सुनाउने गरेको बताउँदै उनले भने, ‘३० वर्षयता बाँध बाँधिएको थिएन । चुनाव ताका हामीले बाँध र कुलोलाई चुनावी नारा नै बनायौं ।
मतदाताहरु पत्याउनुभयो अनि मेयरसाबले विश्वास गरेपछि यो सम्भव भएको हो।’ वडा अध्यक्ष साहका अनुसार बाँध निर्माण र कुलो जीणर्ोद्धारमा हालसम्म १८ लाख रुपैयाँ खर्च भएको छ । मुख्य खर्च डोजरबाट माटो खन्ने र पुर्ने काममा भएको हो । स्थानीयले पनि श्रमदान गरेका छन् । बाँध र कुलोको सुरक्षा र मर्मतका लागि ५ जनालाई खटाइएको छ।
वडा अध्यक्ष साहले काम सम्पन्न भएपनि जनकपुरधाम उपमहानगरपालिकाले बाँध र कुलो निर्माणको भुक्तानी गर्न बाँकी रहेको जनाए ।
मेयर मनोजकुमार साहले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हुँदा भुक्तानीमा समय लागेको बताए । उनले पालिकाको खाता खुल्नासाथ भुक्तानी हुने बताए।
बिग्ही नदीसँगै हर्दिनाथ सिँचाइ आयोजना अन्तर्गतको कुलो पनि जीणर्ोद्धार गरिएको छ । विगतमा धनुषा र महोत्तरीको सीमामा रहेको बिग्घी, मध्य धनुषाबाट बग्ने जलाद, औरही, जमुनी, बेलौती, बछराजा लगायतका नदीमा बाँध बाँधेर जग्गा सिँचाइ गरिँदै आएको थियो । बाँध र कुलोको निर्माण सामूहिक श्रमदानबाट गर्ने परम्परा थियो । तर स्थानीय तहबाट विकासे बजेट आउन थालेपछि खेती गर्ने पारम्परिक श्रमदानबाट कुलो खल्ने र जीणर्ाद्धार गर्ने तरिकामा ह्रास आएको छ ।
कमला सिँचाइ आयोजनाका पूर्व डिभिजनल इन्जिनियर रत्नेश्वरलाल कणर्का अनुसार सुक्खामा पारम्परिक पद्धतिबाट मधेसका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ गर्न सकिन्छ । अधिकांश गाउँमा पारम्परिक कुलोको अवशेष पनि छन् ।
कणर्ले सिँचाइको स्थायी संरचना निर्माण गर्दा पनि पुराना कुलोलाई नहरको रूपमा प्रयोग गर्न सके अझ राम्रो हुने सुझाव दिए । उनले भने, ‘मैले दुई वर्षअघि मधेस सरकारलाई सिँचाइको संरचना र सम्भावनाबारे एउटा रिपोर्ट नै बुझाएको थिए । तर यो रिपोर्ट कहाँ छ ? के भयो ? मलाई थाह भएन।’
इकोसिस्टमका दृष्टिले जमिनमुनिको भन्दा नदी र खोलाको पानीबाट हुने सिँचाइलाई प्राथमिकता दिनुपर्ने पूर्व डिभिजनल इन्जिनियर कणर्ले सुझाव दिएका छन् ।




