महोत्तरी - औरही नगरपालिकामा नयाँ हाकिमको रुपमा उप सचिव सुर्य प्रसाद दहालले हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा दहाल हाजिर भएका हुन् । उनलाई नगर प्रमुख प्रदीप कुमार खड्का लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न् ।

यस अघि धनुषाको हंसपुर नगरपालिकामा दहाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।




