महोत्तरी - धार्मिक आस्थाको केन्द्र रहेको महोत्तरीको औरही नगरपालिका वडा नम्बर - ७ भोईल स्थित रहेको सोनामाई मन्दिर पुर्वाधार विकासको अभावमा अव्यवस्थित बनेको छ । दसैंको षष्ठीदेखि विजयादशमीको दस दिनसम्म सोनामाई मन्दिरमा लाग्ने भूतमेलाबाट प्रसिद्धि प्राप्त हुने जनविश्वासको कारण त्यसबेला हजारौं दर्शनार्थीको भीड लाग्ने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउँछन् । सोनामाईको कृपाले यहाँबाट मानिसहरु निको भएर जाने गरेको जनविश्वास छ ।
तर यस वर्ष सोनामाई मन्दिरमा भूत मेला लाग्न १५ दिनमा बाँकी हुदाँ पनि नगरपालिका, प्रदेश र संघिय सरकारले कुनै चासो न देखाएको मन्दिरका पुजारी परिवारका सदस्य चन्द्र हासन झाले बताए । भूत मेलाको रुपमा प्रख्यात सोनामाई मन्दिरमा हरेक वर्षमा लाग्ने १० दिने मेलामा सयौँ पशुहरुको बली पनि दिने गरिन्छ । तर दैनिक हजारौँ दर्शनार्थीहरुको भीड लाग्ने मन्दिरमा दर्शनार्थीहरुका लागि बसोबास गर्न लाई बनाएको दुई कोठे धर्मशाला भए पनि एउटामा आधारभूत स्वास्थ सेवा केन्द्र राखिएको छ भने अर्के एक कोठामा ताला मारेको रहेका छन् ।
गएराती शनिवार भारतबाट केहि दुःख कस्ट परेर आएका तिर्थालुहरुले कठिनाईको सामना गर्नु परेको गुनासो व्यक्त गर्दै थिए । उनिहरुले प्रसिद्ध मन्दिर भएपनि यहा रात्रीकालिन बसोबास गर्न ठाउँ न पाए पछि हामी राति मन्दिरमा बास बस्न बाध्य भएको बताए।
यहाँ खोनेपानीको ब्यबस्था भएपनि चापकल संचालनमा छैन , शौचालय भएपनि ताला लगाएका कारण बाहिरबाट आएका दर्शनार्थीहरु बाहिर खुलामा जानु पर्ने बाध्यता छ । यस वर्ष सोनामाई मन्दिरमा भूत मेला असोज १० गते देखि लाग्ने भएपनि मन्दिर परिसरमा रहेका बिग्रेका लाईटहरु मर्मत सम्भार गरिएको छैन । धार्मिक कार्य स्थल र सञ्चार लगायतका अत्यावश्यक सुविधाहरुको पनि व्यवस्था हुन नसक्दा मन्दिर अव्यवस्थित भएको स्थानीय नबिन चौधरीले बताए। वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दैपड्दै, रुँदैहाँस्दै आफैँ बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आआफ्ना घर फर्कने गरेको पुजारी चन्द्र हासन झाले बताए ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौँ लगायत छिमेकी रास्ट्र भारतको सीतामढी, मधुवनी र पटना सहित भित्री शहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गर्छन् । त्यतिबेला सोनामाई शक्तिपीठमा थुपै्र धामीझाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् ।
(भिडियो हेर्नुस्) https://www.facebook.com/100080142293655/videos/604225837795089




