
बर्दिवास- बर्दिबास नगरपालिका वडा न .५ मा नृत्य तथा वक्तृत्व कला प्रतियोगिताको आयोजना गरि ५८ औं बाल दिवस मनाइएको छ।
बर्दिबास नगरपालिका वडा न .५ कार्यालयको आर्थिक सहयोग र वडा बाल अधिकार समितिको आयोजनामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

बर्दिबास ५ का वडा अध्यक्ष काहारमान स्याङ्बाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा वडा भरीका बिद्यालयका छात्रछात्राहरुले भाग लिएका थिए ।
नृत्यमा टुटेश्वरनाथ मा बि प्रथम , द्वितिय इच्छेश्वोर मा बि र सेभ नेपाल रास्ट्रीय मा बि तृतीय भएका छन् भने वक्तृत्वत्मा छात्र तर्फ टुटेश्वर माबि का किस्ण बहादुर घोर्च्याङी प्रथम, सेभ नेपालका बिका रबिलो दोस्रो, र पंन्चधुरा माबिका दिनेश भण्डारी तृतीय भएका छन् ।
त्यसैगरी वक्तृत्वत्मा छात्रा तर्फ पंचधुरा मा बि चेरुकि जस्मिन पौडेल प्रथम ,टुटेश्वोरनाथ मा बि कि रुथ बिक द्वितिय र इच्छेश्वोर मा बि चेरुकि अनुशा घिमिरे तृतीय भएका छन्
वडा स्तरीय नृत्य तथा वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडल तथा पुरस्कर वडा अध्यक्ष स्याङ्बाले प्रदान गरेका थिए ।

सो अवसरमा वडा अध्यक्ष काहरमान स्याङ्वाले बालबालिकाहरुको हकहित, संरक्षण तथा संवर्द्धन गर्नका लागि तीनै तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य भएको बताए ।

कार्यक्रम बाल क्लबको अध्यक्ष जमुना गजमेरले संचालन गरेका कार्यक्रममा पंचधुरा बाल क्लबका अध्यक्ष दिनेश भण्डारीले यस बर्षको बाल दिवसको नारा `बाल मैत्री समाजको आधार -जिम्मेवार परिवार उत्तरदायी सरकार´ रहेको बताउँदै आगामी दिन वडा,नगरपालिका तथा अन्य संघ संस्थाले पनि बालबालिकाको अन्तर्निहित क्षमताको बिकास हुने कार्यक्रम गर्नु पर्ने बताए ।