
जनकपुरधाम- राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ को लागि मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा महोत्तरीका पत्रकार राकेश चौधरी पर्न सफल भएका छन् ।
उक्त विधामा मधेस प्रदेशबाट चौधरी सहित फोटोपत्रकारहरु जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, तिवारी यादव र कविता खड्का छनौट भएका छन् ।
राष्ट्रिय फोटोपत्रकार समूह एनफएपिजे नेपालले आफनो स्थापनाको २५औं वर्षगाँठ को अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ मा छनौटको लागि आवेदन माग गरिएको थियो । सो माग गएिको आवेदनमा विभिन्न विधाहरुमा फोटोपत्रकारहरुको फोटो तथा वायोडाटा संकलन गरी उनीहरुको फोटो तथा कामको मुल्याङ्कन गरि सात प्रदेश सहित विभिन्न १४ विधामा वर्ष उत्कृष्ट फोटोपत्रकारको विधागत ५ जना मनोनयनमा पर्न सफल भएका छन् ।
मनोनयनमा पर्ने उत्कृष्ट ५ मध्यवाट प्रत्येक विधामा १ जनालाई उत्कृष्ट फोटोपत्रकारिता अवार्ड २०२२ वाट असोज ६ गते संस्थाको २५औं वार्षिकोत्सव समारोह आयोजना वितरण गरिने छ ।
उक्त कार्यक्रममा फोटोपत्रकारितालाई जीवनभर पेशाको रुपमा अंङगालेर हाल निवृत्त जीवन व्यतित रहेका अग्रज सस्थापक सदस्यहरु लगायत २५ जना वरिष्ठ फोटोपत्रकारहरुलाई विशेष सम्मान गर्न लागिएको जानकारी राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) का कार्यक्रम संयोजक प्रदिपराज वन्तले गराएका छन् ।
अवार्डका विधाहरु २०२२ को लागि उत्कृट पाँच मनोनयनमा पर्न सफल सहभागी फोटोपत्रकारहरु
१) नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा २०२२ का लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अनन्ता भण्डारी,मनिस अर्याल,नविन वावु गुरुङ,प्रेम थापा र सुनील शर्मा
२) खेलकुद फोटोपत्रकारीता विधा २०२२ विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु विक्रम कुमार बाँनीया,हरिस सिंह नगाल, प्रेम थापा, एसके सर्मा, सरोज चाम्लीङ
३) पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अनन्ता भण्डारी, प्रतिक्षा काफ्ले, राधिका कडेल, रमिता छुजु र सरिता श्रेष्ठ
४) पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अन्नता मण्डारी, हरि मर्हजन, मनोज पौडेल, मनोज रत्न शाही र सागर वस्नेत
५) ग्लोवल आईएमइ बैक आर्थिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु असोक दुलाल, गगन अर्याल, मनोज पौडेल, नविनवावु गुरुङ र प्रदिपकुमार श्रेष्ठ
६) राजनैतिक फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु गगन अर्याल, हरिस सिंह नगाल, नविन वावु गुरुङ, मनिस अर्याल र सागर बस्नेत
७) कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अम्विर तोलङ्गे, दिपेन्द्र मर्हजन, दुर्गाप्रसाद पौडेल, मनिस पौडेल र प्रताप गुरुङ
प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड २०२२
१) प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु गगन कुमार यादव, गुरु ढकाल, नेत्र विक्रम विमली, सरद जोसी र सुजन तिमिल्सीना
२) मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु जियालाल प्रसाद साह, पंकज श्रेष्ठ, राकेश प्रसाद चौधरी, तिवारी यादव र कविता खड्का
३) बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अर्जुन श्रेष्ठ, पेमा लामा, राजेन्द्र गजुरेल, सन्तोष श्रेष्ठ र संकर श्रेष्ठ चयन हुनुभएको छ ।
४) गण्डकी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु खिम लामिछाने, किरण आचार्य, प्रेम थापा, राधिका कडेल र रजनी तामाङ
५) लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु वासुदेव यादव,विजेश यादव,देवि गुरुङ,मनोज पौडेल र नविन लोचन मगर
६) कणर्ाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु वामदेव केसी, वसन्त प्रताप सिंह, हेमन्त केसी, हिक्मत नेपाली र रिजन भण्डारी
७) सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधाका लागि नोमिनेशनमा पर्न सफल उत्कृष्ट ५ जना फोटोपत्रकारहरु अविनास चौधरी, विनोद विष्ट, डम्वर बहादुर वोहरा र माधव अवस्थी