
ढल्केवर(धनुषा)- धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको शुक्रबार औपचारिक उद्घाटन हुने भएको छ ।
नवनिर्मित रेयुकाई एइको मसुनागा आँखा अस्पतालको औपचारिक उद्घाटन गर्न लागिएको अस्पतालका महासचिव हिरामणि शर्मालले बताए ।
बनेपास्थित रेयुकाई एइको मसुनागा आँखा अस्पतालले ढल्केवरमा शाखा अस्पतालको रुपमा भवन निर्माण गरि गएको फागुन महिनबाट अस्पताल सञ्चालनमा ल्याएको छ । सो आँखा अस्पताल उद्घाटन गर्न नेपाली कांग्रेसका नेता शशांक कोइराला आउने कार्यक्रम रहेको छ ।
आँखाका बिरामीलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस अस्पतालमा नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका सम्पूर्ण उपचार सेवा प्रदान गरिँदै आएको छ ।
साढे तीन वर्ष अघि डोली इन्टर्मड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्कट र्यामिलटनले शिलान्यास गरेको सो आँखा अस्पताल निर्माण गर्न ढल्केवरका समाजसेवी राजाराम महतोले छ कठ्ठा जग्गामा दान दिएका थिए ।