
शुभम सिंह राजपुत,महोत्तरी- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनको विरोधमा महोत्तरीको मनरामा प्रदर्शन गरिएको छ ।
बिहिवार दिउसो १ बजे मनराशिस्वा नगरपालिका १ मनरा बजारमा नेपाली कांग्रेसका नगर संयोजक सन्जीव कुमार यादव नेतृत्वमा राष्ट्रपतिले गैर संवैधानिक कदम ,नागरिकता विधेयक रोकेको भन्दै आन्दोलन गरेका थिए ।
नागरिकता विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दुई दुई पटक पास भएपनि राष्ट्रपति भण्डारीले प्रमाणिकरण नगरेपछि देशभरी विरोध भएको छ ।
प्रमुख अथितिको रुपमा मनराशिस्वा नगरपालिका नगर प्रमुख मोहन पाण्डेय र नगर उप प्रमुख सकुन्तला देवि सहित क्षेत्रीय सभापति उत्तिम प्रसाद यादवको उपस्थिति रहेको थियो ।
पार्टीको कार्यकर्ताहरुले नगरिकता प्रामाणिकरण नगर्ने कदम असंवैधानिक कदम भन्दै ‘राष्ट्रपतिको विरोध चर्का नाराबाजी समेत गरेका हुन् ।