महोत्तरी- बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले आफू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने समाचार निराधार र बिलकुल गलत रहेकाे बताएका छन् ।
केहि अनलाईन मिडियाहरुले बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भनि समाचार संप्रेशन गरिएकोमा आफ्नो गम्मिर ध्यानार्षण भएको बताए । उनले यो बिल्कुल गलत कपोकल्पित समाचार भएको प्रतिक्रिया दिएका छन् ।



मेयर क्षेत्रीले शिरीष न्युजलाई प्रतिक्रिया दिंदै भने, ‘केहि मिडियाकर्मीहरुले विभिन्न शिर्षकमा ठूलो रकम माग गर्न आएको तर हाम्रो नगरपालिकाले त्यस्तो किसिमको हाम्रो खर्च गर्ने कुनै शिर्षक नभएको हुँदा दिन नसक्ने भनि त्याे प्रस्ताव अस्वीकार गरेको थिए । त्यसैको रिस पोख्न र बदनाम गर्ने नियतले कहिले चुनावमा २० करोड खर्च गरेको न्युज बनाउँछ भने अहिले फेरी माओवादीमा प्रवेश गर्ने भनि निराधार न्युज बनाएको छ ।’
मेयर क्षेत्रीले आफू अहिले कुनै पार्टीमा प्रवेश गर्ने मनसाय समेत नबनाएको बताए । उनले मिडियाकर्मीहरुलाई निराधार र सत्थतथ्यमा आधारित न्युज संप्रेशन गर्नको लागि आग्रह समेत गरे ।
मेयर क्षेत्रीले ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’ नीतिका आधारमा लगानी र विज्ञापन बढाउने कार्यमा लागेको केही सञ्चार माध्यमलाई आरोप लगाए।उनले आफू र नगरपालिकाकाे बारे असत्य र अस्वभाविक समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएको छ।
उनले हुँदै नभएका कपोकल्पित समाचार सम्प्रेषण गर्नु पत्रकारिता नभएको उल्लेख गरे। भ्रामक र असत्य समाचार जनता र राष्ट्रका लागि घातक हुने मेयर क्षेत्रीको भनाई छ।
उनले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा वर्दिवासको जनताले नगरको चौतर्फी विकासको लागि जिताएर पठाएकोले अहिले नगर, नगरवासी र समग्र वर्दिवासको विकासमा मात्र आफ्नो ध्यान रहेको बताए।
मेयर क्षेत्रीले मिडियाकर्मीहरुले पूर्वाहग्राही नभई निष्पक्ष र सत्यतथ्य बुझेर समाचार संप्रेशन गरी जनतालाई भ्रम सृजना हुने किसिमको कुनै समाचार संप्रेशन नगरिदिनु हुन अनुरोध गरे ।




