
महोत्तरी - औरही नगरपालिकामा दसैंको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । भूतमेलाको नामले चिनिएको औरही नगरपालिकाको वडा नम्बर ७ स्थित श्री सोनामाई मन्दिरमा प्रत्येक वर्ष लाग्ने मेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
सोनामाई मेलालाई मध्येनजर गर्दै औरही नगरपालिकाद्वारा आजदेखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । औरही नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार खडका,औरही नगरपालिका वडा ७ का वडा अध्यक्ष जितेन्द्र यादव,वडा ३ वडा अध्यक्ष रामकेवल यादव र औरही नगरपालिकाका स्वास्थ संयोजक बालबोध यादवले सो स्वास्थ्य शिविरको संयुक्त रुपमा शुक्रवार उदघाटन गरेका छन् ।मेलामा आउने व्यक्तिहरुको निःशुल्क उपचार गर्नको लागि उक्त शिविर सञ्चालन गरिएको औरही नगरपालिकाको नगर प्रमुख प्रदिप कुमार खडकाले बताए ।

शिविर ४ दिनसम्म २४ घण्टा नै सञ्चालन रह्ने औरही नगरपालिकाको स्वास्थ संयोजक बालबोध यादवले बताए । मेला हेर्न आएको समयमा कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या आए शिविरमा सम्पर्क गर्न आग्रह गरिएको छ । उदघाटन कार्यक्रमका प्रमुख अतिथिमा औरही नगरपालिकाका नगर प्रमुख प्रदिप खडका , बिशिस्ट अतिथी औरही न .पा ७ का वडा अध्यक्ष जितेन्द्र यादव,वडा ३ का वडा अध्यक्ष रामकेवल यादव कार्यक्रमका अध्यक्षता बालबोध यादव रहेको थियो भने कार्यक्रममा नगरपालिकाका कर्मचारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
वडा दशैँको शुभकामना









