
काठमाडौं - नेकपा एमालेले स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहलाई पार्टीबाट निकालेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति निकालेर साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको उल्लेख गरेका छन् ।
प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।
यस्तै एमालेले प्रभु साहको वर्चस्व रहेको रौतहट जिल्ला कमिटी पनि विघटन गरेको छ । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार विज्ञप्ति निकालेर जिल्ला कमिटी नै विघटन गरेका हुन् ।
उनले विज्ञप्तिमा जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका व्यक्ति पार्टीविरोधी गतिविधिमा लागेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् ।
जसपासँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै प्रभु साहले एमालेको टिकट अश्विकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।