

लेखक- सरोज कुमार यादव - बिकास निरन्तर चलि रहने प्रक्रिया हो।यो युग र जमाना अनुसारको सुबिधालाई आगमन गर्ने कार्य गर्दछ।प्राचीन कालखण्डको शिक्षा पद्धतिमा ज्ञानलाई निशुल्क वितरण गरिन्थ्यो जसमा गुरु र चेलाको सम्बन्ध नङ मासु झै प्रगाढ थियो ।गुरु दक्षिणामा आ-आफ्नो हैसियतले उपहार दिन्थे ।स्वरुप बदल्दै नेपालको शिक्षा इतिहासमा प्रजातन्त्रको स्थापना काल देखि २% साक्षर प्रतिशतलाई वृद्धि गर्दै ७८% पुर्याएको छ तर वर्तमान संरचना बमोजिम शिक्षा नीति ,नियमावली देशको भुगौलिक ,आर्थिक ,सामाजिक ,गरिबीमा नभएर अरु बिदेशीको प्रतिलिपीमा संभार गरिएकोले वर्तमान अवस्थाको सामुदायिक विधालयमा गुणस्तरको सवालमा व्यापक प्रश्न चिन्ह खडा भएको छ।
जसको सम्पुर्ण कमजोरीको दोस प्रत्याभूति शिक्षकलाई श्रेयकर मानिन्छ।मैले बुझे अनुसार २०५७ साल देखि गर्दै आएको संस्थागत विधालय र २०६९ देखि सामुदायिक विधालयको अनुभवलाई तुलनात्मक तुलना गर्ने जमर्को गरेको छु।जहाँ सरकारको अर्बौ लगानीमा संचालन भएको सामुदायिक विधालय भन्दा त्यसको हरेक क्रियाकलापमा अगाडि भएको अध्ययनले जनाएको छ।
तराईमा ५०, पहाडमा ४५ र हिमाल ४० विद्यार्थी समुह र जम्मा विद्यार्थी संख्या बापत दरबन्दी राख्ने १-५ सम्म ५ जना शिक्षक,६-८ सम्म ४ शिक्षक र ९-१० सम्म ५ शिक्षक ,न्युनतम एक माध्यमिक विधालय बाल बिकास देखि १४ शिक्षक अनिवार्य चाहिन्छ थप बाल बिकासमा २५ विद्यार्थीमा १ सहयोगीमा १ तर बिडम्बना प्राय जसो माध्यमिक विधालयमा अपुग देखिदै देशभर ५१ हजार अपुग दरबन्दी देखिन्छ ।कुनै बिदेशी फन्ड र आर्थिक सहयोगमा ५ बर्षे योजना देखि १० बर्षको योजनालाई साक्षरता प्रतिशत तोकेर लगानी र अनुदान दिने गर्छ जसको सहयोगमा सरकारी विधालयमा राहत कोटा,शिक्षण सहयोग लगायत गरि १७ खाले शिक्षक कर्मचारीको भर्ना गर्ने तुल्य हुन्छ जस प्रकारे मनोबिज्ञानमा ठुलै असर गरेको छ।
राष्ट्रमा रहेको २७,८१२ सामुदायिक विधालयको नतिजा ,बिषयगत उपलब्धि ,धेरै पोलिसीका कुरा बिदेशी अनुदान पाउन कागज पन्नै मै उपलब्धिको लेखाजोखा मापन हुने कार्यले झनै व्यवाहारिक हुने संख्या कमजोर भए पनि अभिलेख बलियो देखाउने बाध्यता छ।त्यसमा आगोमा पेट्रोल छर्ने कार्यमा विद्यार्थीको अनुशासन सन्दर्भमा नेपालको संबिधान बमोजिम र शिक्षा नियमावली २०५९ बमोजिम शारीरिक ,मानसिक ,संवेगात्मक कुनै किसिमको नकारात्मक दन्ड सजाय दिनेमा रोका गरेको छ।
विधालयको सर्वे सर्वा अधिकार प्रधानाध्यापक लाई बुझे पनि शिक्षा नियमावली सरकारको नीति बमोजिम शिक्षक छ्नोट गर्ने अधिकार या ता करार निजी गर्न पनि शिक्षक सेवा आयोग वा स्थानीय सरकार अगाडि बढोस् तर वर्तमानमा राम्रो भन्दा हाम्रोले नियुक्ति गर्ने प्राबधान पनि असर पारेको छ।भनाइको अर्थ प्र अ तलब खुवाउने माध्यम लगायत ससाना बिषयमा नेतृत्व सबल छ्न भन्ने ठुल ठुला कुराका लागि वडा देखि स्थानीय सरकार ,शिक्षा कार्यालय ,शिक्षा मन्त्रालय ,शिक्षा तथा मानव बिकास स्रोत देखि नेपाल सरकारको रोहवरमा चाकरी गर्ने बाहेक केही राम्रो गर्ने खुला स्वतन्त्रता प्रदान गरेको छैन ।
आम नागरिक समाज ,अभिभावकको नजरमा प्र अ सर्वे भवन्तुको अन्धो पट्टि बाधेकोले उसै दृस्ठिले हेर्ने गर्छ सहयोग गर्ने ठाउँमा हिसाब किताबको मुद्दामा स सना बिषयमा काम गर्ने प्र अ को मनोबल खस्काउदै प्र अ परिवर्तनम संचय शक्तिलाई खर्च गर्नेमा बिशेष केन्द्रित देखिन्छ जसमा नकारात्मक भावनालाई अगाडि सार्दै नतिजा राम्रो आएकै छैन,हिसाब किताब भएकै छैन सहयोग भन्दा बहाना बाजीमा तिरस्का भावनामा प्रशासन चलाउने व्यक्ति कमजोर रबैयामा मानसिकता खस्काउने कार्य गर्दछ जुन लगभग प्रत्येक विधालयमा यस्तो नाटक हेर्न सकिन्छ ।
अरु कुरामा प्रष्ट पार्नु पर्दा यी कुराहरू यथार्थ भए पनि सुधार गर्नेमा जोडको आवश्यकता देखिन्छ ।
१)शैक्षिक लगानी पढने खाले विद्यार्थी सम्पन्न अभिभावकले ९०% आ आफ्ना बाल बालिकालाई सामुदायिक विधालयमा पठाउने कार्य गर्दैन ।
२)पढ्ने विद्यार्थीको कापी ,कलम ,गृह कार्यमा त्यति चासो नदिनु।
३)विद्यार्थीको २ घण्टा साझ र बिहान पठनपाठन नियमिता कायम नगर्नु र वातावरण ,वंशानुगत गुण र परिवारको आर्थिक बिपत्तिको कारण सक्रिय भए पनि अभावको महसुस हुनु।
४)घरमा अनुशासन ,संस्कार ,सरसफाइको माइन स्टोन कायम नगर्नु
५)सामुदायिक बिधालयको बाल बिकास उमेर ४ र कक्षा १ पढ्ने उमेर ५ भए पनि पुर्व वर्ण ,अक्षर ज्ञान नभए पनि कक्षा चढदै जानु तर संस्थागतमा नर्सरी ,एल केजि र यु के जि कक्षा गर्दै ४-८ बर्ष सम्म एक कक्षा आउदैमा पढाइको पुर्व ज्ञानमा पोख्त हुनु त्योमा पाठयपुस्तक पनि गुणस्तर खाले संचालन गर्नु ।
६)शिक्षकको पदपूर्ति र तहगत दरबन्दी नभएको कारण सबै दन्ड ,सजायका नियम नियमविपरीत हुनाले शिक्षक कर्मचारी दण्ड भयबाट बन्चित हुनु जसको प्रभाव बिषयगत उपलब्धि कमजोर भए पनि ढाकछोप गर्नु ।
७)प्रधानाध्यापकको सर्वाधिकार एक्लै भएकोले काममा इमानदारीता ,शनिबार बाहेक खासै बिदामा बिधालय बन्द हुनु त्यसकारण ३६५ दिनको सदुपयोग ,textbook को quality र कर्मचारीको डर भय प्र अ मा केन्द्रित भएकोले तालीम प्राप्त ,दक्ष शिक्षक भर्ना भए पनि इमानदारीता गुमेको देखिन्छ। बिधालयमा चाहिने आधारभूत आवश्यकतामा लगानी =प्रक्रिया = उत्पादनको सम्बन्ध एउटै रथको दुई पाङ्रा भएकोले सरोकारवालाको ध्यान ,नीति र नियमावलीमा स्वरुप फेर्न अपरिहार्य छ ।
भौतिक सम्पन्नता ,प्रशासनिक सुशासन ,शैक्षिक क्रियाकलाप ,कक्षा कोठा भित्रको अनुशासन लगायत त्रिपक्षीय समन्वय अन्तर्गत शिक्षक ,विद्यार्थी र अभिभावक बिचको रणनीतिमा कार्यान्वयनता हासिल गरेमा बुन्दे बुन्दे तलाउ भरे झै सिङै फुललाई माला झै निर्माण गर्न सकिन्छ ।