
महोत्तरी - महोत्तरी निर्वाचन क्षेत्र ४ मा जसपा र एमाले पार्टीको घरदैलो कार्यक्रम तिव्रता दिएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जसपा पार्टीको तर्फबाट प्रतिनिधि सभा पदका डा.सुरेन्द्र यादव र एमाले पार्टीको तर्फबाट प्रदेश सभा पदका सरोज यादवले उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको टिम घरदैलोमा व्यस्त देखिएको छ ।
क्षेत्र ४ मा पर्ने नगरपालिका र गाउँपालिकाको विभिन्न टोलमा घरदैलो गरिरहेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेको हो ।
प्रतिनिधि सभा पदका उमेदवार डा. सुरेन्द्र यादव र प्रदेश सभा पदका उमेदवार सरोज यादव अहिले आफ्नो घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्न थालेका छन् । उनिहरुआफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन्