
धनुषा- मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको क्रममा धनुषाको बटेश्वर गाउँपालिका¬¬ –१ चित्रपुरस्थित लक्ष्मी मावि मतदान स्थलमा पाँच दलिय गठबन्धनका नेकपा एकिकृत समाजवादी र एमालेका कार्यकताविच हातपात भएको छ ।

बृद्ध असक्तहरुलाई सहयोगी रुपमा घरपरिवारका सदस्यको साथमा गएर मतदान गर्ने राजनितिक दलहरुविच भएको सहमति विपरित परिवार बाहेकका एउटै व्यक्तिले दुई जना तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको राप्रपाका नेता भोला श्रेष्ठले बताउनुभयो ।
बटेश्वर गाउँपालिका¬–१ बस्ने एमालेका नेता उमेश महतोले पाँचदलिय गठबन्धनका नेकपा एकिकृत समाजवादी धनुषा जिल्ला सदस्य राम उदगार महतोलाई धकेलेपछि विवाद भएको हो । दुई पक्षविच भएको विवादलाई सुरक्षाकर्मीहरुले सामान्य बनाएको छ ।

सो केन्द्रमा हाल व्यापक मात्रामा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको लक्ष्मी माविका सुरक्षा इन्चार्ज प्रहरी नायव निरिक्षक प्रकाश राइले बताउनुभयो । अहिले शान्तिपूर्ण वातावरणमा मतदान भई रहेको छ ।
विवादलगतै धनुषाको निर्वाचन क्षेत्र नं. ४ (ख)का पाँच दलिय गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता शत्रुधन महतोलगायतको उम्मेदवारहरु मतदान केन्द्रमा आएर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ ।
सुरक्षा अवस्थाबारे जानकारी लिदै राजनितिक दलका व्यक्तिहरुलाई शान्तिपूर्ण वातावरणमा मतदानमा सहभागि हुन वर्तमान मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रि समेत रहेको उम्मेदवार शत्रुधन महतोले आग्रह गर्नुभएको छ । उहाँले मर्यादित तरिकाले मतदान कार्यमा सहभागि हुन आग्रह गर्नुभएको छ । सुरक्षाकर्मीहरुलाई सुरक्षाको अवस्था मजवुत बनाउन समेत निर्देशन दिनुभएको छ ।