
महोत्तरी - सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन्। यहाँ मतगणना जारी छ।
अहिलेसम्मको मतपरिणामअनुसार सिंहले ४७०५ मत ल्याएका छन्। यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले ३७२२ मत ल्याएका छन्। अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले ३२६४ मत ल्याएकी छन्।
कांग्रेसले टिकट नदिएपछि अमरेशले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले २०७४ मा यो क्षेत्रबाट चुनाव जितेका थिए।