
राजविराज — सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ।
मंगलबार साँझ सवा ९ बजेतिर मतपेटिकाको सिल नम्बर फरक देखिएको दलका प्रतिनिधिहरुको आरोप छ । पेटिकाको सिल नम्बर मिलाउन पटकपटक आग्रह गर्दा पनि नम्बर मिलाउन नमानेको जनता समाजवादी पार्टीका दिनेश यादवले जानकारी दिए।
सिल नम्बर मिलाउन नमानेपछि नेकपा माओवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहितका दल आवद्ध नेता कार्यकर्ताले अहिले मतगणनास्थल अगाडि प्रदर्शन गरिरहेका छन् । नम्बर मिलाएपछि मात्रै गणना सुरु गर्न उनीहरूले माग गरेका छन् । उता सिडिओ भुपेन्द्र थापाले तत्काललाई मतगणना कार्य रोकेर बुझ्ने कार्य भइरहेको बताए ।
