जनकपुरधाम- धनुषा-३ मा एमालेकी जुली महतोसँग लोसपाका उम्मेदवार अनिल झा पछि परेका छन् ।
जुलीले १८ हजार ८४८ मत ल्याँउदा झाले १३ हजार ८६५ मत ल्याएका छन् ।
जुली झा भन्दा ४९८३ मतले अगाडि रहेकी छिन् ।
यतिबेला ज.उ.न.पा.१५,२०, धनौजी गाउँ पालिका सबै, नगराईन न.पा.सबै, मुखिया पट्टी मुसरनिया गाउँ पालिकाको मतगणना सम्पन्न भई विदेह न.पा.-९ को मतगणना शुरु भएको छ।


