
जनकपुरधाम- नेकपा एमालेका रघुबीर महासेठले काँग्रेसका महेन्द्र यादव सँग निरन्तर मतान्तर घटाउँदै लगेको छ।
यादवले अग्रता लिइरहेको क्षेत्रमा महासेठले मतान्तर घटाएर १०५ मा झारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २३९९४ मत रहेको छ भने महासेठको पक्षमा २३८९८९ मत छ ।
अहिले वटेश्वर गाउँपालिकाको वडा नं ५ को मतगणना जारी रहेको छ । यहाँ २५१० मत खसेकोमा अहिले १३०० सम्मको गणना भइसकेकाे छ ।
यस पछि मिथिला नगरपालिकाकाे सबै वडाको मतगणना हुन बाँकी रहेको मतदान अधिकृत सुदिप दंगालले जनाएको छ।