
महोत्तरी : विवाहपञ्चमिको पावन अबसरमा महोत्तरीको औरही नपामा शोभा तथा कलश यात्रा निकालिएको छ ।
वडा नंम्बर २ स्थित रहेको श्री रामजानकी मंदिर कमिटीको आयोजनामा स्थानियहरुले हर्साेहुल्लासका भजन किर्तन र झाकिसहित नगरपरिक्रमा गर्दै जंग्हा खोलामा गई बिधिअनुसार कलश भरी मंदिर परिसरमा राखेको स्थानिय श्याम यादबले बताए ।
त्रेता युगमा चक्रबर्ती राजा दशरथ जेठो छोरा रामसंग मिथिलाका राजा जनकको छोरी सितासंग बिहेभएको प्रसंगमा उल्लेख भए अनुसार प्रत्येक बर्ष मार्ग शुक्लपक्ष पञ्चमी तिथीका दिन हर्साेहुल्लासका बिवाहपञ्चमि भजन किर्तनगरी मनाईन्छ ।