
महोत्तरी- विश्व नेपाल साहित्य महासंघ (विनेसाम) मधेस प्रदेश शाखाद्वारा आयाेजित स्रष्टा सम्मान, कविता वाचन तथा महाेत्तरी जिल्ला शाखा गठन कार्यक्रम सोमवार सम्पन्न भएको छ। विनेसाम नेपाल शाखा र मधेस प्रदेश शाखाका सल्लाहकार, ज्याेति साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् कवि मणिराज सिंहकाे प्रमुख आतिथ्य र विनेसाम मधेस प्रदेश शाखाका अध्यक्ष मणिराज दाहालकाे सभापतित्वमा गाैरीशंकर हाेटल बर्दिवासकाे सभाहलमा सम्पन्न भएको हो ।
विनेसाम मधेस प्रदेश शाखाका सचिव एवम् गाैशाला साहित्य समाजका अध्यक्ष माेहन महताेले कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रममा विनेसाम मधेस प्रदेशका उपाध्यक्ष एवम् गाैशाला साहित्य समाजका सल्लाहकार गाेपाल यादवले स्वागत मन्तव्य राखेका थिए । विनेसाम मधेस प्रदेश शाखाले कवि मणिराज सिंहलाई खादा, माला र अबिर लगाई स्रष्टा सम्मान गरेकाे थियाे ।
यस कार्यक्रममा सर्लाही साहित्य समाजका आजीवन सदस्य कवि कुमार दाहाल `कुसुम´, प्रलेस महाेत्तरीका अध्यक्ष कवि नारायण घिमिरे, मैथिली साहित्य समाज (जनकपुर, धनुषा) का प्रमुख कवि राकेश कुमार झा `रसिक´, बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष कवि रामचन्द्र पाैडेल, प्रलेसका केन्द्रीय परिषद् सदस्य कवि प्रेम घिमिरे `अग्नि कवज´, प्रलेस महाेत्तरीका निवर्तमान उपाध्यक्ष जमुना पाेख्रेल, विनेसाम मधेस शाखाका सचिव माेहन महताे, कमल साह, शिशिर घिमिरे प्रतिष्ठानका सचिव कवि उद्धवप्रसाद आचार्य, प्रमुख अतिथि कवि मणिराज सिंह र कार्यक्रमका सभापति मणिराज दाहालले नेपाली, मैथिली र हिन्दी भाषाका कविता, गजल, मुक्तक र गीत वाचन गरेका थिए ।
उक्त कार्यक्रममा कलाकार सुमन सारङ्गी संसारले सारङ्गीकाे सुमधुर आवाजद्वारा सबैलाई मन्त्रमुग्ध पारेका थिए । कवि उद्धवप्रसाद आचार्यकाे अध्यक्षतामा विनेसाम महाेत्तरी शाखा गठन गरियाे ।
यस जिल्ला शाखामा शान्ता काफ्ले उपाध्यक्ष, कमल साह सचिव, शत्रुधन साह काेषाध्यक्ष, रविन यादव, दिपक साह र सुमन सारङ्गी संसार सदस्य रहेका छन् । राससका पत्रकार एवम् समाजसेवी गाेपाल बरालले कार्यक्रम आयाेजक र नवगठित विनेसाम महाेत्तरी जिल्ला शाखालाई बधाई तथा शुभकामना दिएका थिए ।