
पोल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा विहान सकिएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो ।
अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी’ मा मेक्सिको र पोल्यान्डको समान ४/४ अङ्क भए पनि गोलअन्तरमा पोल्यान्ड अगाडि रह्यो ।