जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको नव निर्वाचित मेयरले आज पदभार सम्हाल्दै नगरपालिका भित्रको फोहोर व्यवस्थापनको लागि पहिलो निणर्य गरेका छन् ।
मेयर साहले नगरको फोहोर व्यवस्थापन अब वडा कार्यालय मार्फत व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निणर्य गरेका हुन्।



यसअघि उपमहानगरपालिका कार्यालय आफैंले फोहोर व्यवस्थापन गर्ने गरेको थियो।
मेयर साहका अनुसार जनकपुरधामको ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयलाई दिंदै थप जवाफदेही बनाउन लागेको बताए । उनले फोहोर व्यवस्थापनका लागि जिम्मेवारी विकेन्द्रिकरण गरि सम्बन्धीत वडा मार्फत फोहोर व्यवस्थापन गरिने बताए।

प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्हन उपाध्यायले फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने निणर्य भएको जानकारी दिए।
उनले नगपालिकाकाले आफै फोहोर व्यवस्थापन गर्ने हुँदा जनकपुरको बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि भित्री टोल बस्तीमा सम्भव हुन नसकेको हुँदा फोहोर व्यवस्थापनको जिम्मा वडा कार्यालयलाई दिने निणर्य मेयरज्यूले गर्नुभएको बताए ।
त्यस्तै उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन एउटा शाखामा आवद्ध कर्मचारीले अर्को शाखाको काम नगर्ने र सम्बन्धीत जुन फाँटका लागि नियुक्ति भएको हो त्यो कर्मचारीले सोही फाँटको काम गर्ने निणर्य भएका समेत गरिएको अधिकृत उपाध्यायले बताए।
उनले उपमहानगर कार्यालयभित्र सेवाग्राहीलाई सहज ढंगबाट सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निणर्य भएको दिए।
धनुषाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूको शपथ ग्रहण सम्पन्न
धनुषाका १८ पालिकामा नव निर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

धनुषाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूले शपथ ग्रहण गरेका हुन् ।
सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो ।
अबको ७ दिन भित्रमा नगर प्रमुख र अध्यक्षहरूले पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने निर्वाचन निर्देशिकामा उल्लेख रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्याय, प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई जनताको पक्षमा काम गर्न शुभकामना दिएका थिए ।




