
काठमाडौं- नेपाली कांग्रेस नेतृत्वको सत्तागठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी समेत जोडिएको छ। यससँगै सत्तागठबन्धनमा ६ दल पुग्ने भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच आज भएको छलफलमा यस्तो सहमति भएको नेता विमलेन्द्र निधिले जानकारी दिए।
अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु। दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ।
गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र
सरकारमा शामेल हुने सहमति भएको छ। pic.twitter.com/7A5qi1maEB— Bimalendra Nidhi (@BimalendraNidhi) December 1, 2022
उनले ट्विट गर्दै भनेका छन् ‘‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सी के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममूलक वार्ता भएको छ। गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’’
भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका विषयमा पनि कुराकानी भएको छ। देउवासँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रबादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेका थिए।
देउवाको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्णरुपमा सकारात्मक भएको जवाफ दिएका छन्।