महोत्तरी - मटिहानी नगरपालिकामा “महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराको साथ आज १९ औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।
यसै अवसरमा मटिहानी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मटिहानी नगरपालिका अन्तर्गत रहेका स्वयं सेविकाहरुलाई झोला र त्रिपाल वितरण गरिएको छ। मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मंडलले स्वयं सेविकाहरुलाई झोला र त्रिपाल वितरण गरेका थिए ।
त्यसै गरी मटिहानी नगरपालिका अन्तर्गतका ३६ वटै स्वयं सेविकाहरुलाई आफ्नो कार्य क्षेत्रमा काम गर्न जान सहज हुने उद्देश्यले १/१ वटा झोला र स्वास्थ्य आमा समूहहरुको बैठकको लागि १/१ वटा त्रिपाल वितरण गरिएको कुरा मटिहानी नगरपालिकाको जनस्वास्थ्य अधिकृत पवन कुमार मण्डलले बताए।
नगर प्रमुख हरि प्रसाद मंडलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उप-प्रमुख मंजु देवी साह ,प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा , जनस्वास्थ्य अधिकृत पवन कुमार मण्डल ,अधिकृत राजेश कुमार शर्मा, सि. अ. हे. व. अधिकृत नागेश्वर पाण्डेय, मटिहानी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरु , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लगायतका सहभागिता रहेको थियो ।