
जनकपुरधाम- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले वटेशवर गाउँपालिका -४ श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरेको बाल अधिकार संचेतना समुहले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज जनचेतना मुलक नाटक सहितका कार्यक्रम सम्पन्न गरेको छ।

बाल अधिकार संचेतना समुहले शुक्रबार जनचेतना मुलक कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण, बालविवाह विरुद्ध, दाईजो प्रथा विरुद्ध नाटक प्रदर्शन गरेका थिए ।

प्रस्तुत गरिएको नाटकको नाम "मधेसको व्यथा" रहेको थियो । नाटक सोहि विधालय को कक्षा -११ मा अध्ययनरत छात्र राजु कुमार महतोले लेखेका हुन्। नाटक सान्दर्भिक र रमाइलो थियो।

कार्यक्रममा मा विधालयको प्रअ प्रमोद शरण केवट, इन्सेक जिल्ला प्रतिनिधि अजय साह, वटेशवर गाउँपालिका वार्ड नं -१ का वाडा अध्यक्ष निरज कार्की , इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता कुमारी यादव सहित बाल क्लब का समिति , विधालयका शिक्षकहरु सहित विधार्थीहरु उपस्थिती रहेको थियो।