महोतरी- बर्दिवासमा हुन गइरहेको स्थानिय व्यापारीहरुको नयाँ नेतृत्वको निर्वाचनको तामझाम बर्दिवास बजारमा छाएको छ ।
बर्दिवास उद्योग बाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित गर्न अगामि पुष ५ गते करिव १ दशक पछि हुन गइरहेको निर्वाचनमा विनायक होटलका सञ्चालक विष्णु बहादुर खडका नेतृत्वको प्यानल किताव छाप लिएर चुनावी मैदानमा छन भने कृष्ण प्रसाद गौतम नेतृत्वको प्यानल बलिरहेको दियो छाप सहित प्रतिस्पर्धामा छन् ।
यी दुई प्यानलको चुनावी तयारी, प्रचार प्रसार र तामझामले बर्दिवास अहिले अर्को चुनावमय बनेको छ ।
कृष्ण गौतमको प्यानलमा फरकफरक क्षेत्रका युवाहरुको टिम, समावेशी हिसाबले महिलालाई उम्मेदवार बनाएको साथै अनुभवी र भिजन सहितका टिम भएकाेले आफ्नो जित सुनिश्चित भएको दाबि गरेको छ।
विष्णु बहादुर खडका नेतृत्वको प्यानलले बर्दिवासका उद्योग, व्यवसाय र व्यापार क्षेत्र करिव एक दशक देखि नेतृत्व विहिन हुँदा धेरै समस्या भोग्नु परेकाले अव युवा र नयाँ नेतृत्व सहित आफुहरु जितेपछि परिवर्तणको बोध गराएर छाडने दावी गरिरहेको छ ।
सो समुहका सदस्य पदका उम्मेदवारहरुले समेत आफुहरु परिवर्तन गर्नकै लागि समावेशी समुह बनाएर चुनावमा आएको बताउदै जित्ने दावी गरेका छन् ।
खडकाको किताव छाप प्यानलका सदस्य पदका उम्मेवारहरुले बर्दिवासको व्यापारलाई नेतृत्व विहिन बनाउन अर्को समुह क्रियाशिल रहेर लागेको र करिव १ दशक व्यापार जगतलाई निरुत्साहित गर्ने काम गरेकाले यसपालि आफुहरु जित्नेमा निश्चिन्त रहेको बताउछन् ।
खडका प्यानल र गौतम प्यानलहरु प्रचारप्रसार गर्न पाउने अन्तिम दिन आईतवार बर्दिवास नगरक्षेत्र र बजार क्षेत्रमा चुनावी रयाली निकाल्दै आ–आफनो प्रचार प्रसार गरेका छन् ।
दियो छाप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका कृष्ण प्रसाद गौतम प्यानलले सयौंको संख्यामा शक्ति प्रदर्शन गरेको छ।
त्यसैगरी किताव चुनाव चिन्हमा उम्मेदवारी दिएका विष्णु खड्काको प्यानल पनि बर्दिबासको बिभिन्न ठाँउ–ठाँउमा[ र्याली सहित शक्ति प्रदर्शन गरेका छन् ।
तामझाम हेर्दा आम निर्वाचन भन्दा कुनै कम देखिएको छैन । आज राती १२ बजे पछि उम्मेदवारहरुले प्रचार प्रसार गर्न नपाउने नियम छ ।