
महोत्तरी - महोत्तरी जलेश्वरकी कुमारी आमा निहारीका सिंह राजपुतको मुद्दामा अन्तिम पेशी तोकिएको छ ।
जिल्ला अदालतको फैसलाबाट असन्तुष्ट बनेकी निहारिका उच्च अदालतमा पुनरावेदन दिएकी थिइन् । सोही मुद्दाको अन्तिम फैसला बुधबार नै हुने बताइको छ ।
उनको मुद्दामा ६ नम्बर सिरियलमा राखिएको छ । बुधबार न्यायधीशले मुद्दा हेर्न भ्याइए फैसला आउने सम्भावना रहेको निहारिकाको वकिल रिंकु कुमारी यादवले जानकारी दिइन् ।
आरोपित महोन्द्रनगरका शिवराज श्रेष्ठ र निहारिकाको गर्भबाट जन्मेको बच्चाको डिएनए ९९ प्रतिशत मिलिसकेको छ । निहारिकाले श्रेष्ठमाथि बलात्कारको आरोप लगाएको छ । सोही बलात्कारबाट बच्चा जन्मेको निहारिकाको भनाइ छ ।