धनुषा- मधेश प्रदेशमा मानवअधिकार उल्लघंनका घटनामा महिला तथा बालबालिका बढी पीडित भएको एक कार्यक्रममा तथ्यांकसहित ब्याख्या गरिएको छ ।
मधेश प्रदेशमा विगतको तुलनामा मानवअधिकार उल्लघंनको घटनामा कमी नआएको चर्चा गरिएको छ ।



पुस ११ गते धनुषाको लालगढमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेश जनकपुरधामले आयोजना गरेको मानव अधिकार उल्लघंनका पीडितहरुको कानुनी प्रक्रिया र न्यायमा पहुँच विषयक जिल्ला प्रतिनिधीहरुसंग अन्तरक्रिया कार्यक्रममा विगतको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी नआएको बताइएको छ ।
अन्तरक्रिया कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेश तिम्लिसिनाले तराई क्षेत्रमा घरेलु हिंसा घटना बढी हुने गरेको भएपनि इन्सेक प्रतिनिधीहरुबाट घरेलु हिंसाका घटना अभिलेख कम भएको बताउनुभयो । पछिल्लो पटक इन्सेक प्राविधिक रुपमा अगाडी बढेको छ । जिल्ला प्रतिनिधीहरु समेत प्रविधीमैत्री भई डाटा राख्नेमा अग्रसर हुनुपर्ने बताउनुभयो । घटनाहरुको अभिलेख गरि सकेपछि अपडेट गनुपर्नेमा जिल्ला प्रतिनिधीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले मधेश प्रदेशमा भएका घटनाहरुलाई अविलम्ब घटना इन्ट्री गर्न निर्देशन दिनुभयो । मधेश प्रदेशमा करिव ५ सय जतिको घटना अभिलेख भएकाले उहाँले मधेश प्रदेशमा भएका घटना र पीडितहरुलाई न्यायमा पहुचका लागि जिल्ला प्रतिनिधीहरु अग्रसर रहेकोमा धन्यवाद दिनुभयो ।
इन्सेक वर्ष पुस्तक सम्पादक गोविन्द त्रिपाठीले मधेश प्रदेशमा घटना र पीडितको घटनाहरुमा कमी हुदै गएको बताउनुभयो । इन्सेकका लागि सर्वोत्कृष्ट र उत्कृष्ट हुने मधेश प्रदेशकै जिल्ला प्रतिनिधीहरु रहने गरेको बताउनुभयो । जिल्ला प्रतिनिधीहरुलाई सहजताको लागि जिल्ला अदालत, उच्च अदालत, शिक्षा र स्वास्थ्यको लागि डाटा ल्याउनुपर्ने बताउनुभयो । उहाँले समयमै त्रैमासिक रुपमा घटनाको अभिलेख राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बारा जिल्ला प्रतिनिधी भोलानाथ पौडलले जिल्लामा ८१ ओटा मानवअधिकार उल्लघंनका घटना भएको बताउनुभयो । जिल्लमा बहुविवाहका घटनाहरु बढी भएको बताउनुभयो । उहाँले जिल्लामा इन्सेकले मानवअधिकार उल्लंघनका घटनाहरुमा न्यायका लागि पहल गरेको बताउनुभयो ।
रौतहट जिल्ला प्रतिनिधी कोपिला तिम्लिसिनाले रौतहटमा ६९ ओटा मानवअधिकार उल्लघंनको घटना भएको बताउनुभयो । बालबालिकाहरु बढी पीडित भएको बताउनुभयो । इन्सेकले रौतहटमा न्यायको लागि १५ ओटा घटनामा पहल गरेको बताउनुभयो ।
महोत्तरी जिल्ला प्रतिनिधी अजय कुमार साहका अनुसार जिल्लामा ६४ ओटा मानवअधिकार उल्लंघनका घटना भएको बताउनुभयो । जिल्लामा हिन्दु र मुस्लिमविचको साम्प्रदायिक घटना भएको छ । न्यायका लागि ६ ओटा घटनामा इन्सेकले पहल गरेको बताउनुभयो ।
सिरहा जिल्ला प्रतिनिधी दुर्गा परियारका अनुसार जिल्लामा ८१ ओटा मानवअधिकार उल्लघंनका घटना भएको बताउनुभयो । जिल्लामा राज्यपक्षबाट ३ ओटा घटना भएको छ । जिल्लामा १७ ओटा घटना भएको छ । महिला र बालबालिका बढी भएको बताउनुभयो ।
धनुषा जिल्ला प्रतिनिधी दिपेन्द्र प्रसाद सिंहका अनुसार जिल्लामा ५७ ओटा मानवअधिकार उल्लघनका घटना भएको बताउनुभयो । जिल्लामा बलात्कारका घटना १० ओटा र हत्याका १२ ओटा घटना भएको बताउनुभयो । जिल्लामा पारिवारिक व्यक्तिबाटै महिला हत्याका घटनामा बृद्धि भएको छ ।
सलार्ही जिल्ला प्रतिनिधी बुधन साहका अनुसार जिल्लामा ५६ ओटा मानवअधिकार उल्लघनका घटना भएको बताउनुभयो । जिल्लामा बलात्कारका घटना ७ ओटा र हत्याका ७ ओटा घटना भएको बताउनुभयो । बोक्सीको घटना २ ओटा भएको छ ।
सप्तरी जिल्ला प्रतिनिधी मनोहर पोखरलेका अनुसार जिल्लामा ८५ ओटा मानवअधिकार उल्लघनका घटना भएको बताउनुभयो । जिल्लामा बालिका बलात्कारका घटना बढी भएको बताउनुभयो । इन्सेकले हामी घटना अभिलेख मात्रै गर्ने कि घटना न्युनिकरणका लागि समेत प्रयास गर्ने हो कि भन्ने प्रश्न छ ।
पर्सा जिल्ला प्रतिनिधी केसी लामिछानेले जिल्लामा मानवअधिकार उल्लघंनका ६४ ओटा घटना भएको बताउनुभयो । उहाँले जिल्लामा बलात्कारका घटनाहरु बढी हुने गरेको महिला र बालबालिका बढी पीडित रहेको बताउनुभयो ।




