
महोत्तरी- बर्दिबास नगरपालिका वडा नं.५ लाई बालविवाह मुक्त वडा घोषणा भएको छ ।
शनिबार बर्दिबास नगरपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
बर्दिबास नगरपालिका वडा न ५ का काहारमान स्याङ्वाको सभापतित्वमा र बर्दिबास नगरपालिका उपप्रमुख तारादेबी महत्तोको प्रमुख आतिथ्यमा सम्पन्न बालबिवाह मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै उपमेयर महत्तोले अब बर्दिबास नगरपालिकाका बाँकी वडाहरु पनि छिट्टै बालबिवाह मुक्त वडा घोषणा गरेर बालबिवाह मुक्त नगरको रुपमा बर्दिबास नगरपालिका घोषणा हुने बताउनुभएको छ ।
शिक्षाको कमिको कारण बालबिवाह हुने गरेको र केही सामाजिक रितिरिवाज पनि बालबिवाहको कारण रहेको बताउदै सामाजिक बिकास र जनचेतना संगै बाल बिवाह मुक्त वडा घोषणा गर्न सफल रहेको वडा अध्यक्ष काहारमान स्याङ्वाले बताउनु भयो ।
सामुदायिक परिवार कल्याण संघमा कार्यरत सामुदायिक परीचालक सरोज गजमेरले बाल बिवाह मुक्त गर्न अझै समुदायको सबै ब्यक्तिले यो अभियानलाई निरंतरता दिनुपर्ने र बाल बिवाह रोक्न सबैको भुमिका अपरिहार्य रहेको बताए ।
`हामी सबैको ऐक्यबद्धता बाल बिवाह विरुद्धको साझा प्रतिबद्धता´ भन्ने नाराका साथ बर्दिबास वडा नम्बर ५ मा बाल बिवाह मुक्त घोषणा सभामा बालबिवाह विरुद्ध ऐक्यबद्धता जनाउदै सामुहिक हस्ताक्षर समेत गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा सेभ द चिल्ड्रेनका प्रतिनिधि , बर्दिबास नगरपालिका शिक्षा शाखा प्रमुख ,महिला बालबालिका शाखाका प्रतिनिधि ,सामुदायिक परिवार कल्याण संघका अध्यक्ष, वडा बाल अधिकार समिति सदस्य ,जनप्रतिनिधि ,बुद्धिजीवी ,समाजसेवी ,शिक्षक, विद्यार्थी ,अभिभावक ,बाल क्लबका सदस्य ,राजनीतिज्ञ,
कार्यक्रम सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघको आर्थिक सहयोग र बर्दिबास नगरपालिकाको समन्वयमा संचालन भएको थियो ।
बर्दिबास नगरपालिकाका वडा नं. १ ,२ ,३,४,८,१०र ११ यसअघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । साथै बाल बिवाह न्यूनीकरण गर्न सहयोग गर्ने ब्यक्तिहरु सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।