महोत्तरी- वैदेशिक रोजगारमा ज्यान गुमाएका धनबीर महतोको परिवारलाई बिजलपुरा युवा समाज सेवा संस्थाले आर्थिक सहयोग गरेको छ ।
बर्दिवास नगरपालिका –१२ बिजलपुरा बस्ने पिताम्बर महतोको छोरा धनवीर महतो करिब दुई वर्षअघि मलेसिया गएको थियो र मलेसियामा कम्पनीमा मेसिन चेक गर्ने बेला अकस्मात मेसिन चलेपछि त्यसमा च्यापिएर कात्तिक २९ गते उनको मृत्यु भयो ।
र धनवीरको शव मंसिर ९ गते बन्द बाकसमा घर ल्याइएर दाहसंस्कार गरियो ।
घरको जेठो छोरा रहेको धनबिर कै सहारामा घर परिवार चल्दै आएको थियो र उनको मृत्यु पछि परिवारको अवस्था निकै कमजोर भएको कारण यस संस्थाले ५ हजार ५५ रुपैया सहयोग गरेको बिजलपुरा युवा समाज सेवा संस्थाका कोषाध्यक्ष उपेन्द्र राउतले बताए ।




