महोत्तरी – महोत्तरी जिल्लाको नेपाली सेनाको रणभीम गण परिकौली जलेश्वरले मटिहानी नगरपालिकाको समन्वयमा आज विहान मटिहानीको विभिन्न चौक बस्तीहरुमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
मटिहानीको बस स्टेण्ड , बजार क्षेत्र, ग्रामीण बस्ती गरी करिब १० ठाउँमा शीतलहर र जाडो बाट आमजनतालाई राहत दिलाउने उद्देश्यले दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
साथै आमजनतालाई चिसोबाट राहत हुने उद्देश्यले चिया वितरण समेत गरेको थियो ।
कार्यक्रममा मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डल र नेपाली सेनाका रणभीम गणका गणपति उत्तम कटुवाल सहभागी रहेका थिए । जाडोमा आगो ताप्ने र चिया खुवाउने व्यवस्था मिलाइएकोमा सर्वसाधारणहरु खुशी भएका थिए ।








