दिवेश कुमार महतो /ढल्केवर धनुषा - धनुषाको ढल्केवरमा दिलिप महतोको तेश्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। ओमप्रकाश महतो (दिलिप) पर्यावरण संरक्षण प्रतिष्ठान मिथिला नगरपालिका -५ को आयोजनामा सोमबार मिथिला नगरपालिका ढल्केबर गोल पार्कमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
वातावरण संरक्षक स्व.ओम प्रकाश महतो (दिलिप) को सम्झनामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा सहभागी हिमालय युवा क्लबका पुर्वअध्यक्ष अरुण कुमार महतोले भने "दिलिपको हत्यामा संलग्न दोषीलाइ कडा भन्दा कडा कारवाही हुनुपर्ने ,दिलिप महतोलाइ न्याय दिनुपर्ने ,नेपालको पहिलो पर्यावरण सहिद घोषणा गर्नुपर्ने ,उनको परिवारलाइ राहत उपलब्ध गराउनुपर्ने , चाडै उनको मुद्धाको सुनुवाई हुनुपर्ने कुरा व्यक्त गर्नुभयो । त्यस्तै मिथिला युवा सञ्जाल ढल्कवेरका अध्यक्ष ई.मनिष कुमार महतोले स्व. ओमप्रकाश महतो (दिलिप) को परिवारलाई सहानुभूति दिदैं,दिलिप हत्याको तिन वर्ष बित्दा पनि न्याय नपाएको अवस्था छ। सरकारले यस घटनालाई सुनिसुनि नसुन्ने जस्तो अभिनय गरिरहेको बताए।
यस्तो संवेदनशील विषयमा पनि राज्यले तुरुन्त अपराधीलाई कडा भन्दा कडा सजाय नदिई पिडित परिवारसँग न्यायलयले खेलबाड गरिरहेको बताए। कार्यक्रममा सहभागीहरुले दिलिपलाई नेपालको प्रथम प्रर्यावरण सहिद घोषणा गर्न माग गरेका छन्। दिलीप, भारतबाट सिभिल इन्जिनियरिङको पढाइ गरेर आफ्नो गाउँ श्रीपुर फर्किएका थिए । उनी घर फर्किन साथ युवाहरुको समुहमा घुलमिल गर्ने र समाजिक कार्यमा संलग्न रहेर काम गर्दै आएको थियो ।
२०७६ पौष २५ गते राती दिलिप घर नजिकै रहेको औरही खोलामा मापदण्ड विपरित खोला उत्खनन् भईरहेको भनेर चुरियामाई बालुवा प्रसोधन केन्द्रबाट उनलाई गोप्य सुचना दिई खोलामा ल्याउने प्रयास गर्यो । दिलिप दुई जना साथी सहित रातीको ४ बजे तिर खोला तर्फ निस्क्यो ।
खोलामा पुगिन साथ उनले साच्चिकै अवैध खोला उत्खनन् भईरहेको देखेर रोक्न गए । रोक्ने क्रममा त्यहाँका क्रसर माफियाहरुको समुहले दिलिपलाई फलामको लिभरले कोखमा हानेर घाईते बनाई गाडी चल्ने लिखमा सुताएर शरीरमाथि चक्का चढाई निर्ममतापूर्वक हत्या गरिएको थियो ।
दिलिपको तेस्रो पुण्यतिथिमा जनकपुरधाम, ढल्कवेर, गौशाला, बर्दिवास , काठमाडौं लगायतको सहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।