
जनकपुरधाम- २०७३ साल देखी बालबालिकाको अधिकार सुनिश्चितमा कार्यरत रहेको एकिकृत बाल क्लबले नयाँ कार्यसमिति चयन गरेको छ।
बालबालिकाको हक र अर्थपूर्ण सहभागिताको वकालत गर्दै आएको बाल क्लबले तेस्रो अधिवेशन तथा चौथो साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिको हो ।
४० बढि सदस्य रहेको बाल क्लबमा पहिलो पटक निर्वाचन प्रणाली अवलम्बन गरी नयाँ कार्यसमिति चयन गरिएको बाल कल्ब पूर्व उपाध्यक्ष रिषभ कुमारले बताए । आर्थिक वर्ष २०७८/७९ को प्रगती विवरणको जानकारी गराउँदै बालबालिकाको अधिकारमा पछिल्लो बर्षभन्दा कार्यक्रमहरुको प्रभावकारीता रहेको कुमारले बताए।
त्यस्तै नयाँ कार्यसमितिको अध्यक्षमा हिमानी आभ्या, उपाध्यक्षमा सन्तोष झा, महासचिव खुश्वु कुमारी साह, कोषाध्यक्षमा जेसीका भुजेल र सदस्यमा मेनुका झा, सिद्धार्थ मिश्रा र क्रीस झा क्रमश रहेका छन् ।
कायापलटको मताहातमा रहेको एकीकृत बाल क्लबले पछिल्लो समय वातावरण संरक्षणमा बालबालिकाको भुमिका तथा सचेतना क्रियाकलापहरु संचालन गर्दै आएको संस्थापक तथा परिकल्पनाकार दिवाकर उप्रेतीले बताए ।
उनले भने,'बाल क्लबको माध्यमबाट बालबालिकाको नेतृत्व तथा सोचमा परिवर्तन भएको छ ।' उनले अहिले युवा नेतृत्वमा देखिने प्राय युवा बाल क्लबबाट प्रतिनिधित्व गरेको बताए । त्यस्तै कायापलटका अध्यक्ष कैयुम राईनले निर्वाचन गर्नाले बालबालिकाको सिकाई तथा क्षमतावृद्धि हुने बताए ।