
महोत्तरी(औरही )- महोत्तरीको औरही नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । एक ओैपचारिक कार्यक्रमका बिच औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्काले पानसमा बत्ती बालि ब्यानर पढेर शिल्डको उद्घाटन गर्नुभएको हो।
राष्ट्रपति रनिङ शिल्डमा औरही नगरपालिकाका भित्रका ४ ओटा सामुदायिक माबि बिधालय र २ ओटा निजि बोर्डिंग बिधालय गरी जम्मा ६ वटा बिधालयले सहभागी जनाएका छन्।
"स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद"भन्ने मुख्य ध्येयका साथ दोस्रो राष्ट्रपति रनिङ शिल्ड सन्चालन गर्न लागिएको औरही नगरपालिका नगर प्रमुख खड्काले बताउनु भएको छ। विद्यालय तहका छात्रछात्राहरुका लागि छुट्टाछुट्टै विभिन्न किसिमका खेलकुदहरु भलिबल,हाईजम्प,त्रिपलजम्म,लंगजम्म,सटपुट छेलो,दौड,ज्याभलिङ्ग थ्रो,कपर्दी,रिले रेस जस्ता प्रतियोगिता रहेको औरही नगरपालिका शिक्षा शाखाका प्रमुख धनबहादुर राईले जानकारी दिएको छ। दोस्रो राष्ट्रपति रनिङ शिल्डको आयोजना औरही नगरपालिकाले गरेको छ।
भने सह आयोजक श्री प्रसाद सिंह माध्यमिक बिधालय औरहीले गरेको छ । दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २७ गते देखि २९ गते सम्म संचालन गरिने छ । औरही नगरपालिका का नगर प्रमुख खड्काको अध्यक्षयतामा भएको उद्घघाटन कार्यक्रममा औरही नगरपालिकाका नगर उपप्रमुख रेणु कुमारी झा,जनप्रतिनिधिहरु,बिभिन्न पार्टीका पार्टी प्रतिनिधि,सहभागी भएका बिभिन्न बिधालयका प्रधानाध्यापक,अभिभावक,बिधार्थीहरु लगायत तथा प्रतिनिधि ,खेलकुद निर्णायक रबि यादव,रामकारण चौधरी र ज्ञानेन्द्र यादवको उपस्थिति रहेको थियो ।
सटपुट छेलो फालेर नगर प्रमुख खड्काले खेल उद्घाटन भएको थियो । उक्त उद्घाटन कार्यक्रम संचालन शिक्षा शाखाका प्रमुख धन बहादुर राईले गर्नु भएको थियो। खेलमा आज पहिलो दिन माबि बैरिया र माबि श्रीपुर बीच कपर्दी खेल सुरु हुदा माबि बैरिया १४ अंक र माबि श्रीपुर ३२ अंक लिएर माबि श्रीपुर विजय भएको छ।



































































