बर्दिवास । सामाजिक बेथितिहरुमा खवरदारी गर्दै आएका महोत्तरी बर्दिवासका युवाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका छन ।
स्वतन्त्र युवा समूह बर्दिवास रेभुलेसन नामक युवाहरुको समुहले सोमबार रक्तदान कार्यक्रम गरेका हुन ।
रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उदेश्यले ४० जना भन्दा बढीले रक्तदान गरेको युवा अभियन्ता रोशन सुस्लिङ्गले जानकारी दिए ।




