
हेमराज कठायत
माछा चिसो रगत भएको एक जलिय जीव हो जसको श्वासप्रश्वास फरिन्जियल गिलको सहायताले हुन्छ। पानीमा बस्ने यस्ता जीवहरूको उत्पादन बढाउन पोखरीको वातावरण राम्रो र स्वस्थ हुनुपर्दछ। तसर्थ, पोखरीको पानीको गुणस्तर समय-समयमा जाँच गरी आवश्यक परेमा सुधार गर्नुपर्दछ।
यसरी सुधार गरिएको पानीमा माछाको दैनिक शारीरिक क्रियाकलाप राम्रो हुनुका साथै खाने, श्वास फेर्ने, प्रजनन वृद्धि हुने इत्यादिमा पनि सन्तुलन कायम राख्न मद्धत पुर्याउँछ। मुख्यत: पानीको भौतिक, रासायनिक र जैविक विशेषताहरूले पानीको गुणस्तर निर्धारित गर्दछ। भौतिक विशेषता भन्नाले पानीको तापक्रम, रंग, धमिलोपना र गहिराई बुझिन्छ।
त्यसैगरी रासायनिक विशेषता तर्फ घुलित अक्सिजन, पि.एच, क्षरियपना, कडापना र कार्बनडाइअक्साइड पर्दछन्, भने जैविक विशेषताले वनस्पतिजन्य सूक्ष्मजीवाणु (phytoplankton) र प्राणीजन्य सुक्ष्मजीवाणु (zooplankton)को उपस्थितीलाई जनाउँछ। सामान्यतया पोखरीमा माछा पाल्दा पानीको गुणस्तर निम्न बमोजिम कायम राख्न पर्दछ।

सामान्यतया, पानीको गुणस्तर निम्न समय तालिकामा जाँच्न सकिन्छ:
दैनिक: तापक्रम (दिउसों), घुलित अक्सिजन (बिहान)
साप्ताहिक: पि.एच. (साँझपख), धमिलोपना (साँझपख), कार्बन डायाक्साइड (बिहान)
मासिक: क्षारियापना, कडापना, अमोनिया(NH3), नाइट्राइट (NO3 -)
माछापोखरीमा पानीको गुणस्तर खराब हुनुका लक्षणहरू :
- पोखरीको पानी धेरै धमिलो वा हरियो बाहेक अन्य रङ्ग (जस्तै कालो, रातो, सेतो) देखिनु
- पोखरीको पानीबाट दुर्गन्ध आउनु
- माछा पानीको सतहमा आइ वायुमण्डलीय अक्सिजन लिन प्याक-प्याक गर्नु
- अक्सिजनको कमी भई माछाहरू पोखरीको मुहानमा जम्मा हुनु
- पोखरीको सतहमा गाढा हरियो वा सेतो लेउको लेप देखापर्नु
- पोखरीमा अत्याधिक प्ल्याङ्कन देखिनु रोग लगेर माछा छटपटाउनु वा मर्नु
- पोखरीमा धेरै जङ्गली माछा वा अन्य जीवहरू प्रवेश गर्नु
- ठुला जलीय वनस्पति पोखरी भरी फैलिनु हिलो लेदो माटो पोखरीको पिँधमा धेरै हुनु
माछा पोखरीमा खराब गुणस्तर रोकथाम / नियन्त्रण गर्ने उपायहरूः
- जलीय वनस्पतिहरू लाई नियन्त्रण गर्ने
- पोखरीको क्षमता अनुसार माछा पाल्ने
- पोखरीको गहिराई कम्तीमा २ मि. र पानी कम्तीमा १.५ मि राख्ने
- नियमित रुपमा पानीको गुणस्तर जाँच गर्ने
- पोखरीको जाँच अनुसार प्राङ्गारिक तथा रासायनिक मल थ
- समय समयमा पोखरीको पानी फेर्ने
- पोखरीको पानीको भार डिलले धेनुपर्ने तथा पानी चुहावट रोक्नको लागि डिल बलियो बनाउने
- अक्सिजनको कमी हुन नदिन एरेटरको प्रयोग गर्ने
- घाम नलागेको र अक्सिजन कमी हुने समयमा पोखरीमा दाना, मलको प्रयोग नगर्ने
- अत्याधिक जाडो रोक्न पोखरीमा छहारी पर्ने रुखका हाँगा काट्ने तथा गर्मीयाममा पोखरी वरिपरि रुख मिलाएर लगाउने
- पोखरी वरपर प्रदूषण हुने गतिविधिहरू न्यून गर्ने
- पोखरीमा रुखका पात, हाँगा पर्ने हुनाले, जालिले नियमित रुपमा निकाल्ने
- पि.एच. ले अन्य गुणस्तर बिगार्ने भएकाले समयमै चुनको प्रयोग गर्ने
- मरेका माछा, अन्य जीवहरू नियमित रुपमा हटाउने
- पोखरीको पानी सुकाउन मिल्ने भए वर्षको एक पटक सबै पानी सुकाई, पिँधको हिलो लेदो निकालेर, चुन प्रयोग गरेर मात्र नयाँ पानी थप्रे