
महोत्तरी : मधेस प्रदेशका सांसद र पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री, सरोज सिंह कुशवाहाद्वारा महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नं. ७ स्थित झिङास्थानमा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास र शुभारंभ कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वडा अध्यक्ष रामनाथ सहनी, वडा सदस्य कौशल्या देवी, नेकपा माओवादी केन्द्रका नेता लाल बाबु साह, नेकपा एमालेका वरिष्ठ नेता कौशल साह, श्री रा.प्रा.वि. का प्रधान अध्यापक उदय किशोर झा, जनताको समाजवादी पार्टीका वडा संयोजक शिब नारायण सिंह, स्थानीय नेता नवल किशोर महतो, मुदिन कवारी, दिपेन्द्र ठाकुर लगायत विभिन्न दलका नेताहरू, नागरिक समाज र युवाहरूको उपस्थिति रहेको थियो।
यो भवन निर्माण परियोजनाले स्थानीय शिक्षा प्रणालीको सुधार र विद्यार्थीहरूको शिक्षण वातावरणलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले स्थानीय जनताको शिक्षामा हुने सकारात्मक परिवर्तनको मार्ग खोल्ने संकेत गरेको छ।