महाेत्तरी(औरही )- औरही नगरपालिकाको ११औं नगर सभा (हिउँदे अधिवेशन) शुरु भएको छ । औरही नगरपालिकाका प्रमुख तथा सभाका अध्यक्ष प्रदिप कुमार खड्कालेले शुक्रबार हिउँदे अधिवेशनको उद्घाटन गरेका छन्।
३ दिनसम्म चल्ने नगर सभाको पहिलो दिन वडाहरुको बजेट संसोधित गर्नु भएको छ। स्थानिय सरकार संचालन ऐन अन्तर्गत वर्षको २ पटक अनिवार्य रुपमा नगर सभा गर्नुपर्ने भएकाले हिउँदे नगर सभा(हिउँदे नगर सभा ) सुरु गरिएको औरही नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्रले जानकारी दिए । नगरपालिकाको आफ्नै सभा हलमा ११ औं नगर सभा (हिउँदे अधिवेशन) संचालन गरिएको मिश्रले जानकारी दिए ।
नगर सभा (हिउँदे अधिबेशन)मा यस अघि पारित भएका बिभिन्न कार्यक्रमहरुको संसोधन तथा बिभिन्न ऐनहरु पारित गरिने नगरपालिका श्रोतले बताएको छ । औरही नगरपालिका श्रोतका अनुसार नगर सभा (हिउँदे अधिबेशन)बाट अर्धवार्षिक समिक्षा तथा नयाँ कार्यक्रम तथा योजनाहरुका विषयमा छलफल गर्ने छ ।









