महोत्तरी- नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ्गले बत्तीको उज्यालोभन्दा शिक्षाको उज्यालोलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
आज गौशाला नगरपालिका वडा नं १२ मा ल्होछार पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै घिसिङ्गले बत्तीको उज्यालोले रातको अन्ध्यारोलाई मात्र हटाएर उज्यालो दिन्छ भने शिक्षाले दीर्घकालिन समय सम्म सफलता हासिल दिलाउने बताए ।



घिसिङ्गले भने, “मनको उज्यालो र इमानदारीले नै वास्तविक समृद्धि दिलाउने सक्छ। खेत खेतमा वाँकी रहेको विद्युतीकरणका लागि प्राथमिकतामा राखेर काम अगाडि बढिरहेको छ । ९५ प्रतिशत उज्यालो भईसकेको नेपालमा लोडसेडिङ्ग अन्त्य गरि रहेक जनतासमक्ष विद्युत पुर्याएका छौ ।”
उनले अथक प्रयास र सवैको सहयोगले विद्युत प्राधिकरण नाफामा गइरहेको बताए ।
विद्युत निर्यात ४ अर्वभन्दा वढिको गरिएको अवस्थामा अबको एक दुईबर्षमा नेपाल आत्मनिर्भर भई राष्टको हितमा अहम भुमिका निर्वाह गर्ने उनले बताए ।
कृषि उत्पादन लगायतका क्षेत्रमा आत्मनिर्भर हुनका लागि विद्युतको सहज उपलब्ध अति नै आवश्यक रहेको बताउँदै उनले विद्युत नै समृद्धिको आधार भएको बताए।




