राधेश्याम कुशवाहा/सर्लाही
सर्लाहीको गोडैता बजारमा मुस्लिमहरुले महोरम पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको छ । मुस्लिम युवाहरु डिजे बाजामा चर्को स्वरमा शायरी बोल्दै बजार परिक्रमा गर्न खोज्दा विवाद उत्पन्न भएको हो ।



विवाद उत्पन्न भइ अनियन्त्रित भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी द्वारा लाठी चार्ज गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरिएको छ।
शनिबार बजारको दिन तरकारी बजार सहित गोडैतामा विशेष चहलपहल हुने हुँदा मुस्लिमहरुले सहमती विपरीत बजार परिक्रमा गर्न खोज्दा हिन्दुहरुले रोक लगाएपछि विवाद उत्पन्न भएको प्रत्यक्षदर्शी अशोक मिश्रले बताए । मुस्लिमहरुले पर्वको नाममा नंया तरबार सहित शक्ति प्रदर्शन गरी हिन्दुहरुलाई तर्साउन खोजेको उनीहरुको आरोप छ ।
यता प्रहरीले साझ पख हिन्दू युवाहरू माथी लाठी चार्ज गरेपछि झडप सुरु भएको एक पसल सन्चालकले बताए । सुरक्षाकर्मीले महिला बालबालिका र निजि घर केही नदेखी अन्धाधुन्ध आँसु ग्यास प्रहार गरेको र आफनो घरमा रहेका मानिसहरुलाई समेत पक्राउ गरी लाठीचार्ज तथा कुटपिट गरेको उनिहरुको भनाई छ । प्रहरीको गोलि लागि एक जना घाइते समेत भएको बताइएपनि यसको पुष्टी हुन सकेको छैन।

विवादलाई नियन्त्रण गर्न गोडैता बजारमा भारी संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताए । अहिले बजारको अवस्था सामान्य रहेका छन, उहाँले भने ।
गोलि लागेको घटना बारे आफु समेत अनविज्ञ रहेको उहाँको भनाई छ ।
प्रदेश सासद फकिरा महतोले बजारमा कुनै अप्रीय घटना हुन नदिन सुरक्षाकर्मी र स्थानीयसंग निरन्तर सम्पर्क रहेको बताए । प्रहरीद्वारा दुवैपक्षलाई अनावश्यक लाठीचार्ज गरिएको फोन समेत प्राप्त भएको छ, उहाँले भने ।
जिल्लाका सुरक्षा निकायका प्रमुखसंग बजारमा शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई सामान्य बनाउन कुराकानी भइरहेको छ, उनले भने ।




