
सप्तरी- खडक नगरपालिकाले जनस्तरमा जनचेतना जगाई बालविवाह मुक्त नगर घोषणाका लागि बालविवाह विरुद्धको वृहत अभियान शुरु गरेको छ ।
भदौ ३१ गते ११ बजे ११ वटै वडाहरुमा ११ हजारको मानव सागर सहितको सहभागितामा बालविवाह विरुद्धको वृहत अभियान उद्घाटन गरेको हो । उक्त अभियानलाई सप्तरी जिल्ला निर्वाचन क्षेत्र ४ (क) का मधेश प्रदेश सभासद् माला कणर्ले व्यानर अनवरण गरेर उदघाटन गरेका थिए । नगर अध्यक्ष जय प्रकाश चौधरीको अध्यक्षतामा सञ्चालन भएको बालविवाह विरुद्धको वृहत अभियानको सभालाई सम्बोधन गर्दै बालविवाह मधेश प्रदेशको जल्दाबल्दो सामाजिक समस्या भएकोले बालविवाह अन्त्यका लागि यस खालको अभियानले धेरै सहयोग गर्ने बिचार व्यक्त गरिन् । “बालविवाहका विभिन्न कारणहरु हुन्छन्” प्रदेश सभासद कणर्ले भनिन् “ती कारणहरुलाई नगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ ।”

“बालविवाह, जिन्दगी तवाह, बालविवाह नाहि करबै, नहि करय देबै, हमर खडक नगरपालिका हमरा गौरव भन्ने नाराका साथ शुरु भएको बालविवाह विरुद्धको अभियानका क्रममा बालविवाह अन्त्यका लागि हस्ताक्षर संकलन तथा बालविवाह विरुद्धको वृहत अभियानको ड्रोन क्यानभास प्रदर्शन गरिएको थियो । बालविवाहले बालबालिकाको आधारभूत अधिकारबाट बञ्चित गराई आफ्नो अभिवश्यको छनौट गर्ने अवसरबाट बिमुख गर्ने अवस्था सृजना गर्ने भएकोले नगरबाटै बालविवाह अन्त्य गर्ने उद्देश्यका साथ वृहत अभियान सञ्चालनको गरेको नगर प्रमुख जय प्रकाश चौधरीले बताए ।
उक्त वृहत अभियानमा नगरभित्रका ४१ सामुदायिक विद्यालयहरु, १६ वटा आमा समूह, ११ वटा स्वास्थ्य चौकीहरु, ३ वटा कृषक समूहहरु, ५० वटा बालक्लवहरु तथा नगर बालसञ्जालले आआफनो स्थानबाट बालविवाह विरुद्धको चेतनामूलक कार्यक्रमहरु एकै सयममा सञ्चालन गरेका छन् । वृहत अभियानको अवसरमा विद्यालय स्तरीय बालविवाह विरुद्धको काक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिताहरु आयोजना गरिएको थियो । यसै गरी बालविवाह विरुद्धको ल्पेकार्ड सहितको र्याली प्रदर्शन र घरघरमा बालविवाह विरुद्धको सन्देश पुर्याउनका लागि बालविवाह विरुद्धको सन्देश सहितको स्टिकर ४१ सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई हस्तान्तरण सहित परिचालित गरिएको छ । यसका साथै नगरप्रमुख जय प्रकास चौधरीले काल्याणपुरको महेन्द्र राजमार्ग हुदै आवातजवात गर्ने सवारी साधनहरुमा टाँस्नका बालविवाह विरुद्धको जनचेतनाका लागि स्टिकर हस्तान्तरण गरे ।
वृहत अभियानका अवसरमा खडक नगरपालिका र सुरुङ्गा नगरापकिाका किशोरीहरु विच मैत्रीपूणर् क्रिकेट प्रतियोगना सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा सुरुङ्गा नगरपालिकाको किशोरीहरुको टिमले विजय हासिल गरेको थियो । बिजय टिमलाई नगर प्रमुखले पद तथा मेडलले पुस्कृति गरे ।

बालविवाह विरुद्धको वृहत अभियानको सभामा खडक नगरपालिकाका नगर उपप्रमुख रिता कुमारी चौधरी, खडक नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामाकान्त चौधरी, पत्रकार महासंघ सप्तरीका अक्ष्यक्ष श्रवण देव, जिल्ला बाल सञ्जालका अध्यक्ष सल्मा खातुन, कल्याणपुर ईलाका प्रहरी कार्यालयका प्रमुख सुभेस अधिकारी, सेभ द चिल्ड्रेनका प्रतिनिधि दिपक बुढाथोकी, सवल नेपालका अध्यक्ष जुना गिरी लगायतले बालविवाह विरुद्धको वृहत अभियानको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । खडक नगरपालिकाले २०८० साल भित्र बालविवाह मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ सवल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।