
महोत्तरी- बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनलाइ लिएर नेकपा एमाले नगर कमिटीको विवाद उत्कर्षमा पुगेको छ ।
१४ फाल्गुनमा गर्ने भनिएको निर्वाचनलाइ कस्लाइ उम्मेदवार वनाउने भन्ने बिषयमा विवाद हुदा नगर कमिटी भित्रै छुट्टाछुट्टै बैठक हुन थालेको हो ।
उम्मेदवारी दिनेको संख्या अधिक वनेपछी गुट वनाएर छुट्टाछुट्टै भेला हुन थालेको नगर कमिटी भित्र आरोप-प्रत्यारोप छ ।
नगर कमिटी अध्यक्ष उमेश दर्लामीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारी टुंग्याउन कार्यदल वनेको दावी गरेतापनी यस्लाइ सचिव देवनारायण महतो पक्षले खण्डन गरेको छ ।
सचिव महतोको पक्षले आज एक बिज्ञप्ति जारी गर्दै दर्लामीको अध्यक्षतामा बसेको भनिएको बैठकमा उम्मेदवार टुंगो लगाएको भन्ने बिषयमा पुर्णरुपमा झुट भएको प्रष्टिकरण दिएको छ ।
बिज्ञप्तिमा भनिएको छ :` नगर कमिटीको सचिवालय बैठ्कले कुनै कार्यदल र उम्मेदवार नबनाएको हुनाले आम उपभोक्ताहरुलाइ भ्रममा नपर्न आग्रह गर्दछौ ।´
झण्डै ६ हजार उपभोक्ता रहेको खानेपानी संस्थानमा एमालेभित्र मात्र आधा दर्जन स्थानिय नेताहरुले उम्मेदवारीको दावी गरेका छन ।
