
महोत्तरी जिल्लाको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा के कसो भएको हो छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र सो बारेमा आयोगलाई पनि जानकारी गराउन पत्र पठाएको छ ।
आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले तराई(मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सो संग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको र सो समस्याहरु प्रति आयोग गम्भीर रहेको बताएका छन् । अध्यक्ष डा।दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरुले समाजमा कैयो चेलीबेटीहरु यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताएका छन् ।
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा।पंकज चौधरी संग विवाह भएको नेहा चौधरीलाई दाइजो को नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ । सो घटना सामाजिक संजालमा सार्वजनिक भएपछी नेहा माथि भएको अत्याचारको चर्को विरोध भएको छ ।
