महोत्तरी - महोत्तरीमा स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको मटिहानी नगरपालिका– ८ दशगजा क्षेत्रनजिकैबाट सोही वडा निवासी २९ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
ज.६प ६६६४ नम्बरको ग्लेमर मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा सो रकम बरामद गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बरामद रकम, मोटरसाइकल र चालकसमेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका छन् ।