महोत्तरी- महोत्तरीको मठिहानी नगरपालिकामा सामुदायीक भवन शिलान्यासकाे शिलान्यास गरिएको छ।
नगर प्रमुख हरि प्रसाद मण्डलले साे भवनको शिलान्यास गर्दै समुदायमा आधारित विभिन्न किसिमका विकास निर्माणका कार्य गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयाे। तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत मठिहानी नगरपालिकाकाे वडा नम्बर ७ मा निर्माण हुने उक्त सामुदायिक भवनकाे निर्माणले पालिकालाई भौतिक पूर्वाधारमा सहयोग पुग्ने विश्वास नगर प्रमुख मण्डलले व्यक्त गर्नुभयो ।




कार्यक्रममा वडा अध्यक्षहरु कलीम अंसारी, रितेश साह, नाजिर राईन, पुर्व गाविस अध्यक्ष रामकुमार मण्डल, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, महोत्तरी उद्योग बाणिज्य संघका उपाध्यक्ष अजय साह, नि.अध्यक्ष मोहन गुप्ता, पूर्व उपाद्यक्ष नागेश्वर गुप्ता, इन्जीनियर बिमलेश साह, शिक्षा संयोजक चन्देश्वर साह, बरुण मण्डल, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
तीन कोठे सो भवन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तराई-मधेस समृद्धि कार्यक्रम अन्तर्गत ३५ लाख, मटिहानी नगरपालिकाको ७ लाखको लागतमा निर्माण हुनेछ ।




