
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष मनाउने महेन्द्रनारायण निधि जयन्तीमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिन नेता निधि बालुवाटार पुगेका थिए ।
‘प्रधानमन्त्रीसँग भेटवार्ता भएको हो । महेन्द्रनारायण निधिको जन्म जयन्तीका लागि निम्तो दिने सन्दर्भमा भेटवार्ता भएको हो,’ निधिनिकट स्रोतले भन्यो, ‘महेन्द्रनारायण निधिको जन्म जयन्तीको कार्यक्रमबारे छलफल भएको हो ।’
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महेन्द्रनारायण निधि जयन्ती मनाउने गरेको छ ।